मधेसमा जनमत पार्टी वाहेक कुनै पार्टीको भविष्य नरहेको डा.राउतकाे दावी
जनमत युवा सुदृढीकरण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न
मिति: २०२३-०७-२९ , समय : १८:३६:०७ , गामघर डेस्क
मिति: २०२३-०७-२९ , समय : १८:३६:०७ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सी.के.)राउतले मधेसमा जनमत पार्टी वाहेक कुनै पार्टीको भविष्य नरहेको दावी गर्नु भएको छ । सप्तरीको राजविराजस्थित जिल्ला सम्बन्य समितिको सभा हलमा शनिवार आयोजित जनमत युवा सुदृढीकरण तथा पार्टी प्रवेश कार्यक्रम अध्यक्ष डां राउतले सो दावी गर्नु भएको हो । उहाँले जनमत पार्टीलाई एक सिटबाट बहुमतमा पुर्याएमा संधीय र प्रदेस सरकार बनाउनुको साथै रोजगारी समस्या,किसानको समस्या हल गर्ने प्रतिबद्घता ब्यक्त गर्नुभयो । मधेस प्रदेसमा कृषि र शिक्षा मन्त्रालयमा जनताको पक्षमा एक पछि अर्को काम गर्न थाले पछि जनमत विरोधी पार्टीहरु जनमतका मन्त्रिलाई विना विभागीय बनाएकोमा आपति जनाउनु भयो । उहाँले जनताको पक्षमा मुदा उठाउन थाले पछि विरोधीहरु तिलमिलाएको बताउनु भयो । मधेस विरोधी वजेट प्रतिनिधि सभामा ल्उाए पछि शम्शोधन गरी वजेट ल्याउन अडान लिएर वजेटको विपक्ष्मा मतदान गरेको बताउनु हदै मधेसवादी दल वजेट पास गर्न सधाएकोमा आपति जनाउनुभयो । जनमत पार्टी मुलुकको आठौ स्थानमा रहेकोले पार्टीलाई सवै तिरबाट षडयन्त्र भईरहेकोले सम्पुर्ण नेता ,कार्यकर्तालाई गम्भिर हुन आग्रह गर्नु भयो । पार्टीमा युवा दस्ता बनाएर पार्टी अगाडी बढने पक्ष्मा पार्टी रहेका बताउनु भयो । पार्टीका सांसद,मन्त्रि,नेताको अरु पार्टीबाट भइरहेको बदनामीबाट बचाउन आ आफनो ठाउँबाट पार्टीको पक्षमा अवाज उठाउन नेता,कार्यकर्तामा आग्रह गर्नुभयो । पार्टीको वारेमा कुनै कुरा राख्नु परेमा पार्टी चाइनलबाट आउन पार्टी पक्तिमा आग्रह गर्नुभयो । महिलालाई रोजगारी सम्बन्धमा काम भईरहेको बताउदै युवाहरुलाई कल सेन्टर स्थापना गरी रोजगारी अभिबृधि गर्ने जानकारी दिनु भयो । कार्यक्रममा मधेस प्रदेसका शिक्षा तथा समाज कल्याण मन्त्रि महेश प्रसाद यादव,प्रदेस सभा सदस्य सतिशकुमार सिंह,पार्टीका महासचिव शरदसिंह यादव,जिल्ला ईन्चार्य रामगमन साह,केन्द्रीय सदस्य सुरेन्द्र शर्मा लगायतले आ–आफनो शुभ कामना मन्तब्य दिएका थिए । जनमत युवा सुदृढीकरण तथा पार्टी प्रवेश कार्यक्रममाविभिन्न पार्टी परित्याग गरी सयौ नेता तथा कार्यकर्ता जनमत पार्टीमा प्रवेश गर्नेलाई अध्यक्ष डां राउतले माला,अविर लगाएर स्वागत गरेका थिए ।
प्रकाशित मिति: २०२३-०७-२९ , समय : १८:३६:०७ , १ वर्ष अगाडि