मधेस प्रदेशमा प्रहरी प्रशासनकाे मिलाेमताेमा तस्करी बढदै …… राजश्व सङ्कलनमा कमि !
मिति: २०२३-०७-२७ , समय : १८:४२:५९ , गामघर डेस्क
मिति: २०२३-०७-२७ , समय : १८:४२:५९ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर । मधेस प्रदेशको विभिन्न जिल्लाकाे सिमावती नाकाबाट तस्करी तीब्र हुँदा गौर भन्सारको राजश्व सङ्कलनमा कमि आएको छ। मधेस प्रदेशको रौतहट जिल्लासंग साटिएको भारतको सिमाना खुल्ला रुपमा रहदा तस्कर र सम्बन्धित सिमा सुरक्षा बल युनिटहरुले यस्को फाइदा उठाई रहेका छन्। रौतहटमा अवैध कारोबार तस्करी नियन्त्रण गर्नमा नियमित सिमावती एरियामा तस्करी नियन्त्रण गर्न ठाउँ ठाउँमा शस्त्र, जनपद प्रहरी खट्दा पनि तस्करी नियन्त्रण नगरी उल्टै तस्करी तीब्र रुपमा बढेका छन्। रौतहटमा तस्करी तीब्र रुपमा बढेपछि गौर भन्सारकै राजश्वमा कमी आई तस्कर र सम्बन्धित युनिट मालामाल बनेका स्थानियले बताउँछन्। तस्करहरुले रौतहट संग सिमा जोडिएको भारतको बैरगनिया,घोडासाहन,चैनपुर, त्यसतै रौतहट संग सिमा जोडिएको गौर,लक्ष्मीपुर,महादेवपट्टी,बनजरहा,लतमडी,महुलीया, खापघिउरा,बंकुल सहित नाकाबाट तस्करहरुले आन्तरिक सेटिङ्गमा लाखौंको राजश्व छली गरि तस्करी गरिरहेको एकजना स्थानीयले नाम नखोल्ने सर्तमा बताएका छन्। गौर भन्सार नाकामा बिअोपी भन्सारका शस्त्र प्रहरी स्थाई पोस्ट रहेता पनि तस्करहरुले समय पाए मेन नाका हुँदै र भन्सार अलि कडा भए १ सय मिटर पुर्वपट्टी रहेको चोर नाका र पश्चिम रहेको महादेवपट्टी नाका हुँदै लाखौं मूल्य बराबरको भार्तीय समानहरु सम्बन्धित प्रहरी युनिटको सेटिङ्ममा तस्करी गरि रहेको तस्कर बिच कै एक जनाले बताएका छन्। उनले भने हामीहरु लाईन सिस्टम हुन्छ सम्बन्धित प्रहरीबाट लाईन पाएपछि हामी आफ्नो कारोबार गर्ने गर्छौं । घरमा प्रयोग गर्नका लागि भारतको बैरगनियावाट सामान ल्याउदा भारतीय सीमामा क्षेत्र मा तैनाथ गरिएका एसएसबीका जवान भार्तीय चामलमा कडाई गरेता पनि तस्करीहरुले चोर नाकाबाट तस्करी गरिरहेका तस्करबिचकै एक जनाले बताएका छन्। भारतको बिहार सरकारले रक्सी उत्पादन र विक्रीमा पूर्ण प्रतिबन्ध लगाएको अवस्थामा गौर भन्सारको पुर्व पट्टी रहेको चोर नाका लक्ष्मीपुर बेलबिछवाबाट सशस्त्र प्रहरीको संगठनको आन्तरिक सेटिङ्गमा तस्करी भईरहेका एक स्थानीयलेले नाउँ नखोल्ने सर्तमा बताएका छन्। भने भारतबाट इलेक्ट्रॉनिक सामान ,हार्डवेयरका सामान ,चीनी ,खानेतेल , लताकपडा कस्मेटिक्स, रङ्गरोगण जस्ता समानहरुको तस्करी भइरहेका छन ।
प्रकाशित मिति: २०२३-०७-२७ , समय : १८:४२:५९ , १ वर्ष अगाडि