परीक्षामा प्रश्नपत्र फरक परेको सम्बन्धमा त्रिविले छानबिन गर्ने
मिति: २०२३-०७-२७ , समय : ०८:०६:१७ , कुसुम राना
मिति: २०२३-०७-२७ , समय : ०८:०६:१७ , कुसुम राना
कुसुम राना
काठमाण्डाै । त्रिभुवन विश्वविद्यालयले परीक्षामा प्रश्नपत्र फरक परेको सम्बन्धमा छानबिन गर्ने भएको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले प्रश्नपत्र त्रुटिका सम्बन्धमा छानबिन गरी यथार्थ विवरण सार्वजनिक गर्ने जानकारी दिनुभएको छ । उहाँले आउँदा दिनमा प्रश्नपत्रमा त्रुटि नदोहोरिने गरी व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।
यही साउन ८ गते भएको मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत चार वर्षे स्नातक तहको तेस्रो वर्षको ऐच्छिक विषय ‘पर्यटन विकासको परिचय विषयको सट्टा असार २८ गते सम्पन्न भइसकेको ‘भारतको आधुनिक इतिहास विषयको प्रश्नपत्र परीक्षार्थीलाई बाँडिएको थियो ।
प्रश्नपत्र फरक परेको आधा घण्टाभित्र सबै परीक्षा केन्द्रमा पुनः पर्यटन विकासको परिचय प्रश्नपत्र परीक्षार्थीलाई उपलब्ध गराइएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिनुभयो । २९ वटा ऐच्छिक विषयमध्ये कुनै दुई वटा विषय छनोट गर्नुपर्ने भएका कारण परीक्षाको अवधि छोटो बनाउन साउन ४ र साउन ८ गते दिन ऐच्छिक प्रथम र ऐच्छिक द्वितीय विषय छनोट गर्नुपर्ने व्यवस्थाअनुसार दुवै दिन २९ वटै विषयको प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्रमा पठाइएकोमा साउन ८ गतेको प्रश्नपत्र पर्यटन विकासको परिचय विषयमा आधुनिक भारतको इतिहास विषयको समावेश हुन गएको अवस्थाले अन्यथा हुन गएको उल्लेख छ ।
परीक्षा नियन्त्रक जोशीले परीक्षा अवधिमै समस्या समाधान भइसकेको भन्दै देशभरिका ३० वटा केन्द्रमा सञ्चालित परीक्षामा आठ सय ६९ परीक्षार्थीलाई पुग्न गएको अप्ठेरो परिस्थितिबारे पनिकाको ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
प्रकाशित मिति: २०२३-०७-२७ , समय : ०८:०६:१७ , 2 years अगाडि