कोशी नदी कटान डुवान पिडितहरुले फेरि आन्दोलन गर्ने

मिति: २०२३-०७-२६ , समय : १९:१४:४१ , गामघर डेस्क

तस्बिर : देबराम यादव /गामघर टिभिबाट

गामघर डेस्क

राजविराज ।
कोशी नदी कटान डुवान पीडित संघर्ष समितिले लामो समयदेखि क्षतिपूर्ति नदिएको भन्दै पुनः आन्दोलन गर्ने भएका छन् ।
बुधबार राजविराज स्थित नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आगामी साउन २३ गतेदेखि आन्दोलन शुरु गर्ने चेतावनी दिएका हुन ।
कोशी नदी कटान डुबान पीडित संघष समितिका संयोजक महिदेव प्रसाद चौधरीले बिक्रम सम्बत २०११ मा कोशी ब्यारेज स्थापना हुँदा पानीको बहाबले जग्गामा लागेको बाली क्षति भएमा भारत सरकारले दिने सम्झौता भएको बताउनुभयो ।
उहाँले सम्झौता अनुसार दुबै देशका सर्वेक्षक, सम्बन्धित कार्यालयका अधिकृतले ७ हजार ६३३ बिगाहा ८ कट्ठा २ धुर जग्गाको क्षतिपूर्ति दिन सिफारिस गरिएको जानकारी दिनुभयो ।
पटक पटक यो क्षतिपूर्ति दिने सन्दर्भमा नेपाल तथा भारत सरकारको ध्यानाकर्षण गराउँदा पनि पाउन नसकेको समितिका संयोजक चौधरीले हाम्रा देशका प्रधानमन्त्री, मन्त्री भारत जादा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा समेत क्षतिपूर्ति दिने सहमति भैसक्दा पनि पाउन नसकिएको बताउनु भयो ।
उहाँले कोशी नदीबाट सप्तरी, सुनसरी र उदयपुरका बासिन्दा पीडित भएको भन्दै क्षतिपूर्तिको माग गर्दै साउन २३ गतेदेखि कोशी ब्यारेज केन्द्रित आन्दोलनको साथै चक्काजाम समेत गरिने चेतावनी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०७-२६ , समय : १९:१४:४१ , 2 years अगाडि