भारतीय प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको सूचना दर्ता, सबै विपक्षी एक हुँदा पनि बहुमत भने मोदीसँगै
मिति: २०२३-०७-२६ , समय : १४:२९:४९ , गामघर डेस्क
मिति: २०२३-०७-२६ , समय : १४:२९:४९ , गामघर डेस्क
गामघर डेस्क
भारत ।
भारतीय कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अविश्वास प्रस्तावको सूचना दर्ता गराएको छ । अविश्वास प्रस्तावको सूचनालाई दर्ता गराउनका लागि सभाका अध्यक्ष ओम बिरलाले स्वीकृति दिएका बीबीसी हिन्दीले जनाएको छ ।
कांग्रेसका सचेतक मनिकम टेगोरका अनुसार विपक्षी दलको तर्फका कांग्रेसका सांसद गौरव गोगोईले अविश्वासको प्रस्ताव पेस गर्नेछन् । अविश्वासको प्रस्तावमा सबै विपक्षी सांसदको समर्थन रहेको कांग्रेस आईको दाबी छ ।
मणिपुर हिंसामा सरकारले अभिभावकीय भूमिका खेल्न नसकेको र देशमा निरङ्कुशता हाबी भएको भन्दै विपक्षीले मोदीविरुद्ध अविश्वास प्रस्तावको सूचना दिएको दाबी गरेका छन् । तर प्रधानमन्त्री मोदीसँग बहुमत भएकाले अविश्वासको प्रस्ताव पास हुने सम्भावना भने नरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अविश्वासको प्रस्तावमाथिको छलफल र मतदानको मिति छलफलबाट टुङ्गो लाग्नेछ ।
यसअघि सन् २०१८ मा पनि नरेन्द्र माेदी सरकारकाे विरुद्ध विपक्षीले अविश्वास प्रस्ताव ल्याएकाे थियाे । सदनमा ११ घण्टा लामाे छलफलपछि अन्ततः माेदी सरकारले सदनमा आफ्नाे बहुमत पुर्याएकाे थियाे । एजेन्सी
प्रकाशित मिति: २०२३-०७-२६ , समय : १४:२९:४९ , १ वर्ष अगाडि