सुडानको खार्तूममा हवाई आक्रमण : १६ जनाको मृत्युु
मिति: २०२३-०७-२६ , समय : ०६:४२:२५ , गामघर डेस्क
मिति: २०२३-०७-२६ , समय : ०६:४२:२५ , गामघर डेस्क
गामघर डेस्क
सुडान । सुडानको खार्तूममा भएको हवाई आक्रमणमा कम्तीमा १६ जनाको ज्यान गएको छ ।
खार्तूमको उत्तरपश्चिममा पर्ने ओम्बाडा क्षेत्रमा सर्वसाधारणको घरमा गोलाबारी भएको र कम्तीमा १६ जना नागरिकले ज्यान गुमाएका नेइवरहुड समूहलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।
ज्यान गुमाउनेमा बालबालिका पनि रहेका छन् । हताहती र थप क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।
सुडानमा सेना प्रमुख अब्देल फतह अल बुरहान र अर्धसैनिक र्यापिड फोर्स (आरएसएफ)का कमाण्डर मोहम्मद हमदान डग्लोबीच गएको अप्रिल १५ देखि लडाइँ शुरु भएको थियो ।
सुडानमा दुई पक्षबीच शुरु भएको लडाइँको सय दिन बितेको छ । एजेन्सी
प्रकाशित मिति: २०२३-०७-२६ , समय : ०६:४२:२५ , १ वर्ष अगाडि