जनकपुर–जयनगर रेलमा महिलाको २ लाख ७० हजार रुपैयाँ पाकेटमारी
मिति: २०२३-०७-२३ , समय : २१:१२:०२ , गामघर डेस्क
मिति: २०२३-०७-२३ , समय : २१:१२:०२ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर ।
जनकपुर जयनगर रेलमा एक महिलाको रकम पाकेटमारी भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठालकी सुनिताकुमारी यादवको २ लाख ७० हजार रुपैयाँ पाकेटमारी भएको हो ।
आइतबार जनकपुर रेल्वे स्टेशनमा रेल चढ्ने बित्तिकै आफूले रकम र १० हजार बराबरको गहना रहेको ह्याण्ड ब्याग गायब भएको उनले बताइन् ।
उनका अनुसार जनकपुरको एनआईसी एसिया बैंकबाट उक्त रकम निकालेर घर जाने क्रममा भीडभाडको मौकाछोपी पाकेटमारिएको हो ।
श्रीमान सञ्जु यादवले खाडी मुलुकबाट पठाएको रकम जग्गाधनीलाई दिन जनकपुरबाट झिक्न आएकी थिइन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले महिलाको रकम पाकेटमारी भएको जानकारी आएको बताए । यो विषयमा अनुसन्धान गरिरहेको उनको भनाइ छ ।
प्रकाशित मिति: २०२३-०७-२३ , समय : २१:१२:०२ , १ वर्ष अगाडि