दोहोरो नागरिकता प्रकरण : उपमेयर मीरा यादवकाे अदालतमा बहस शुरु, पुर्पक्षका लागि थुनामा पठाउन वकीलको राय

मिति: २०२३-०७-२३ , समय : १८:४०:२१ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उपमेयर मीरा यादवले दोहोरो नागरिकता लिएको मुद्दा उपर सप्तरी जिल्लामा बहस शुरु भएको छ ।

आईतबारदेखि अदालतका न्यायाधीश हरिश्चन्द्र इंगनामको इजलासमा बहस शुरु भएको हो ।

जाहेरबाला पक्षको तर्फबाट सरकारी वकीलका साथै हेमनारायण चौधी, सुभाष चौधरी र पुण्यप्रसाद यादवले बहस गरेका छन् । जाहेरबाला पक्षको बहस पश्चात प्रतिवादीको तर्फबाट अधिबक्ता भरत यादवले बहस गरेका छन् ।

बहस सोमबार पनि जारी रहने जाहेरबालातर्फका कानुन व्यवसायी पुण्य प्रसाद यादवले जानकारी दिए ।

उनका अनुसार सोमबार प्रतिवादी मीरातर्फको कानुन व्यवसायीले बहस गरेपछि पुनः जाहेरबालाको तर्फबाट बहस हुनेछ ।

जाहेरबालाको तर्फबाट बहस गर्दै कानुन व्यवसायीले दोहोरो नागरिकता लिएकी उप मेयर मीरालाई पुर्पक्षका लागि थुनामा राखेर अन्य अनुसन्धान गर्न राय दिएका छन् ।

उच्च अदालत जनकपुर राजविराज इजलासले मुद्दा दर्ता गर्न परमादेश दिएको डेढ् महिनापछि प्रहरीले मुद्दा दर्ता गरेको छ । उच्च अदालतले ५ जेठमा परमादेश दिएपछि प्रहरीले दोहोरो नागरिकता प्रकरणमा मुद्दा दायर गरेको हो ।

डाक्नेश्वरी नगरपालिका ३ का कृष्णकुमार यादवले दएको जाहेरीको आधारमा प्रहरीले मुद्दा दायर गरेको छ ।

उपप्रमुख मिराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको जाहेरीकर्ताको भनाई छ ।

साेहि प्रकरणमा उप मेयर मीराका पति महेन्द्र फरार छन् । उनको खोजी गरिरहेको प्रहरीको भनाई छ । ग्रीनमधेश

प्रकाशित मिति: २०२३-०७-२३ , समय : १८:४०:२१ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित