सप्तरीमा एसइई उतिर्ण बाँतर समाजका छात्रछात्राहरुलाई सम्मान

मिति: २०२३-०७-२२ , समय : १९:२८:२० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको रुपनी गाउँपालिका ६ जगमोहनमा शनिबार २०७९ सालमा एसइई उतिर्ण गर्ने बाँतर समाजका छात्रछात्रालाई सम्मान गरेको छ । सरदार बाँतर युवा समाज नेपालद्वारा आयोजित कार्यक्रकमा उनीहरुलाई सम्मान गरिएको हो ।
सरदार बाँतर युवा समाज नेपालका अध्यक्ष स्वास्थ्यकर्मी किशोर कुमार सरदारको अध्यक्षता तथा रुपनी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बद्री नारायण सरदारको प्रमुख आतिथ्य एवम युवा संघ सप्तरीका उपाध्यक्ष रन्जित कुमार भगतको बिशिष्ठ आतिथ्यमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा रुपनी गाउँपालिकाबाट एसइई उतिर्ण गर्ने आरती कुमारी सरदार, करुणा कुमारी सरदार, करिणा कुमारी सरदार,सुस्मिता कुमारी सरदार, रानी कुमारी सरदार, प्रिती सरदार, माला कुमारी सरदार, ज्वोती कुमारी सदा, पुजा कुमारी रामलाई सम्मान पत्र,खदाद्वारा सम्मान गरिएको छ ।
कार्यक्रममा मावि तेरहौताका पुर्व शिक्षक, तथा आधारभुत विद्यालय कनकपट्टीका शिक्षक शिव प्रसाद यादवलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ । शिक्षक यादवले बाँतर समाजका बालबालिकालाई शिक्षा क्षेत्रमा अगाडि बड्न प्रेरित गर्न योगदान दिएकोले सम्मान गरिएको आयोजकले जनाएको छ ।
बाँतर समाजका बालबालिकालाई शिक्षा क्षेत्रमा आकर्षण बढाउन हौसला प्रदान गर्ने उदेश्य रहेको सम्मान कार्यक्रमलाई निरन्तर जारी राख्ने अध्यक्ष सरदारले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०७-२२ , समय : १९:२८:२० , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित