ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथिको सुनुवाइ लम्बियो

मिति: २०२३-०७-२० , समय : ०८:५६:३७ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । ललिता निवास प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथिको सुनुवाइ लम्बिएको छ । रिट निवेदकका तर्फबाट बहस गर्ने वकिल धेरै भएका कारण सुनुवाइ लम्बिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा हिजो पनि बहस हुँदाहुँदै समय सकिएपछि यो विवादमा आज पनि सुनुवाइ हुँदैछ ।

ललिता निवासको सरकारी जग्गा हिनामिना अभियोगमा असार १२ गते पक्राउ परेका मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले असार १३ गते तथा सचिव कृष्णबहादुर राउतले पक्राउ परेको ३ दिनपछि असार २७ गते रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएपछि त्यसको सुनुवाइ भइरहेको हो ।

पक्राउ परेकाहरुले रिहाइको माग गरिरहँदा प्रहरी प्रधान कार्यालयले भने पहिल्यै सर्वोच्चले पक्राउ नगर्न दिएको अन्तरिम आदेश खारेज गर्न माग गरेको छ । आफूलाई पक्राउ नगर्न माग गरेका टीकाराम घिमिरेसहितका निवेदन पनि साथै राखिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बालुवाटार जग्गा प्रकरणमा उनीहरुसहितलाई पक्राउ गरेर कीर्ते र सङ्गठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ । सीआईबीले ४ सय ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ। उज्यालो

प्रकाशित मिति: २०२३-०७-२० , समय : ०८:५६:३७ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्