६१ औँ इन्जिनियर दिवसकाे अवसरमा सिडेन सप्तरीद्वारा शुभकामना तथा भेटघाट कार्यक्रम
मिति: २०२३-०७-१९ , समय : २१:२३:४७ , रुपेश कुमार यादव
मिति: २०२३-०७-१९ , समय : २१:२३:४७ , रुपेश कुमार यादव
रुपेश कुमार यादव
राजबिराज । सिडेन सप्तरीकोले ६१औं इन्जिनियर दिवसको अवसरमा सुभकामना तथा भेटघाट कार्यक्रम गरेको छ ।
आज(बुधबार) राजबिराजको जिल्ला समन्वय समितिको सभा हलमा भएको इन्जिनियर दिवसका अवसर उक्त कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सिडेन) सप्तरी जिल्ला अध्यक्ष रन्जन कुमार यादवले जानकारी दिए ।
ईन्जिनियर दिवसको शुभकामना व्यक्त गर्दै ईन्जिनियरिङ पेशाको मर्यादा कायम राख्दै आफूसँग रहेको ज्ञान सीपको सहि सदुपयोग गर्न नेपाली काङ्ग्रेस सप्तरी जिल्ला उपसभापति रामकुमार यादवले अनुरोध गरेका थिए ।
त्यस्तै निर्धक्क भएर आगामी दिनमा पनि समाजका हरेक नीतिनिर्माताका रुपमा, पुर्वाधार बिकासका काममा लाग्न सिडेनलाई नेपाली काङ्ग्रेस सप्तरी जिल्ला सभापति रामदेव साहले आग्रह गर्नुका साथै दिवसको उपलक्ष्यमा शुभकामना समेत व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका सप्तरी जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, जिल्ला समन्वय समिति सप्तरीका सभापति शिव नारायण साह, सिडेन जिल्ला अध्यक्ष रन्जन कुमार यादव लगायतका विभिन्न कार्यालयका इन्जिनियरहरुको उपस्थिति रहेको थियोे ।
प्रकाशित मिति: २०२३-०७-१९ , समय : २१:२३:४७ , 2 years अगाडि