एनआरएनए एनसीसी कतारको कार्यसमिति सदस्यमा शिव कुमार महतोले उम्मेदवार दिने घोषणा

मिति: २०२३-०७-१९ , समय : ११:०२:४५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको आसन्न महाधिवेशन मार्फत २०२३-२५ कार्यकालका लागि शिव कुमार महतोले कार्यसमिति सदस्य पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् lसमाजिक अभियान्ता तथा विभिन्न संघ संस्थामा सक्रिय रहेका महतो एनआरएनए कतारको २०२३-२०२५ कार्यकालको निर्वाचनका लागि कार्यसमिति सदस्य तर्फ उम्मेदवारी दिने घोषणा गरेका छ्न।

सिरहा जिल्लाको अर्नामा गाउँपालिका -३ घर भएका रोजगारीको शिलशिलामा बिगत १७ बर्ष देखि कतारमा रहि कतारमा स्थापित विभिन्न संघ सस्थाहरुमा आबद्ध भई सामाजिक काम गर्दै आएको कार्यदक्षता एबम अनुभवहरु,तथा विभिन्न संघ संस्थाहरुसंगको सहकार्य साथै कतारमा दुखमा परेका नेपाली श्रमिकहरुको लागि सहयोग र समन्वय गरेका महतो सदस्य पदका लागि आफ्नो उम्मेदवारी दिने बताए।

कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक हितका लागि काम गर्ने आफ्नो दृढ इच्छा रहेको महतो बताउछन । उसले जति पनि पार्षद सदस्यहरु बनेका छन् उनीहरुको साथ, सहयोग र विस्वासकै कारण आफु निर्वाचित हुनेमा विश्वस्त रहेको जिकिर समेत गरेका छन् ।

संस्थाको पद नै ठुलो कुरा नमानी जुन सुकै पदमा रहे पनि पद भन्दा काम ठुलो भन्ने मान्याता राख्दै बिगतमा भन्दा अझै बढी तँन र मन दिई आगामी दिनमा सस्थाको सम्पूर्ण पदाधिकारी सँग हातेमालो गर्दै, सही योजना र कार्यक्रममा प्रत्यक्ष सहभागी भइ संस्थालाई अझै सबल्, सक्षम र सबै नेपाली श्रमिकहरुको हकहितको पक्षमा काम गर्न आफु तयार रहेको बताउछन ।

उसले हरेक नेपाली श्रमिकको प्रत्यक्ष दुख सुखमा साथ दिन सक्ने तर्फ अगाडी बढाउन आफ्नो ठाउँ बाट महत्त्वपूर्ण भूमिका निर्बाह गर्ने प्रतिबद्द्ता गरेका छन । संघको निर्वाचन अगामी २१ जुलाई तथा दशौं महाधिवेशन २८ जुलाई २०२३ मा हुने कार्यतालिकाबमोजिम पदाधिकारी चयनमा आफ्नो पक्षमा मत राखिदिन समेत सम्पुर्णमा अनुरोध गरेका छन् ।

प्रकाशित मिति: २०२३-०७-१९ , समय : ११:०२:४५ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित