कोरियामा भीषण बाढी हुदा पचास जनाको मृत्यु
मिति: २०२३-०७-१९ , समय : ०८:०१:२९ , गामघर डेस्क
मिति: २०२३-०७-१९ , समय : ०८:०१:२९ , गामघर डेस्क
गामघर डेस्क
दक्षिण काेरिया ।
दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छ भने अन्य सातजना बेपत्ता छन् । आज डुबेको बसबाट चालकसहित चारजनाको शव निकालिएको थियो । सरकारी अधिकारीका अनुसार बाढीका कारण उत्तरी ग्याङसङ प्रान्तमा २१ र मध्यचुङचेङ प्रान्तमा १९ जनाको मृत्यु भएको छ ।
ग्याङसङ प्रान्तमा चौंतीसजना घाइते भएका छन् । देशभरका बाढी–पहिरामा परी देशभर ५० जनाले ज्यान गुमाएका योनहाप समाचार समितिले जनाएको छ । पछिल्ला दिनमा दक्षिण कोरियामा लगातार परेको वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा परेका छन् । आपत्कालीन सेवाका अधिकारीले देशका अन्य भागमा अन्य सातजनाले ज्यान गुमाएको बताएका छन् ।
बाढीका कारण घर भत्किँदा र पहिरोमा परेर मुलुकभर ज्यान गुमाउनेको संख्या बढेको छ । मध्यसहर ओसोङमा बाढीको पानी भूमिगत सुरुङमा भरिएपछि त्यहाँ फसेका सवारीसाधनबाट आइतबार राति सातवटा शव निकालिएको थियो । अविरल वर्षाबाट प्रभावित १३ वटा सहरका दश हजार पाँच सय ७० जनालाई विस्थापित भएका छन् ।
बाढीबाट सार्वजनिक सुविधाको क्षतिको संख्या सात सय ८९ पुगेको छ भने निजी सम्पत्तिको पनि व्यापक नोक्सानी भएको छ । तीन सय ५२ वटा निजी घर बाढीले क्षति भएको, एक सय ४६ वटा सडक भत्किएका तथा एक सय ३९ घर बगेका योनहाप समाचार समितिले जनाएको छ । एघार हजारभन्दा बढी बाढीपीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । एजेन्सीबाट
प्रकाशित मिति: २०२३-०७-१९ , समय : ०८:०१:२९ , १ वर्ष अगाडि