भारतमा अर्को वर्ष हुने आमचुनावमा मोदीविरुद्ध रणनीति बनाउन २६ दल एकै ठाउँमा
मिति: २०२३-०७-१९ , समय : ०७:३२:०४ , गामघर डेस्क
मिति: २०२३-०७-१९ , समय : ०७:३२:०४ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डौ । भारतमा अर्को वर्ष हुने आमचुनावमा नरेन्द्र मोदीविरुद्ध रणनीति बनाउन २६ वटा विपक्षी दल एकै ठाउँमा जुटेका छन् ।
दक्षिणी राज्य कर्नाटकको बैङ्गलुरुमा बसेको संयुक्त बैठकमा कुन दलले कति सिटमा प्रतिस्पर्धा गर्ने र साझा न्यूनतम कार्यक्रमका विषयमा छलफल गरेको छ ।
हिजोको बैठकमा कांग्रेस आईकी सोनिया गान्धी र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललगायका शीर्षस्थ विपक्षी नेता सहभागी थिए ।
उनीहरूले गठबन्धनको नाम ‘इन्डियन नेश्नल डेभलपमेन्ट इन्क्लुसिभ अलाइन्स’ अर्थात् (इन्डिया) तय गरेका छन् ।
गठबन्धनले आफ्नो नेता चयन गर्न ११ सदस्यीय एउटा समन्वय समिति बनाउने कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले बताएको बीबीसीले जनाएको छ ।
चुनावअघि यो विपक्षी दलको दोस्रो ठूलो बैठक हो । उनीहरूले सिट बाँडफाँटलगायतका विषयमा छलफललाई केन्द्रित गरेका छन् ।
प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले सन् २०१९ मा पाँच सय ४३ सदस्यीय तल्लो सदन लोकसभामा तीन सयभन्दा धेरै सिट जितेको थियो । एजेन्सीबाट
प्रकाशित मिति: २०२३-०७-१९ , समय : ०७:३२:०४ , १ वर्ष अगाडि