वीर अस्पतालमा बिहान ८ बजेदेखि नै ओपीडी सेवा
मिति: २०२३-०७-१७ , समय : १३:०६:११ , गामघर डेस्क
मिति: २०२३-०७-१७ , समय : १३:०६:११ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । वीर अस्पतालमा आजदेखि बिहान ८ बजेदेखि नै बहिरङ्ग अर्थात् ओपीडी सेवा शुरु भएको छ । आजदेखि अस्पतालको ओपीडी सेवा ८ बजेदेखि नै शुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
वीर अस्पतालका कार्य निर्देशक डा. सन्तोष पौडेलका अनुसार ओपीडी टिकट बिहान ७ बजेदेखि शुरु भएर दिउँसो साढे २ बजेसम्म पाइने छ । आजदेखि कार्यालय समय बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने उहाँले जानकारी दिनुभयो । यसअघि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म थियो ।
अस्पतालमा ९ बजेदेखि सेवा हुँदा जाममा पर्ने समस्या देखिएकाले बिरामीलाई छिट्टै र सहज रुपमा सेवा दिन समय तालिका परिवर्तन गरिएको हो । वीर अस्पतालमा दैनिक २५ सयदेखि तीन हजार बिरामी सेवा लिन पुग्ने गरेका छन् ।
बिरामीको चाप गर्न कम गर्न सबै सेवा विस्तार गर्दै लैजाने अस्पतालले जनाएको छ । त्यसैगरी, अस्पतालले विपन्न बिरामीका लागि सम्पूर्ण उपचार निःशुल्क हुने गरी १० प्रतिशत शय्या सञ्चालनमा ल्याएको छ ।
प्रकाशित मिति: २०२३-०७-१७ , समय : १३:०६:११ , १ वर्ष अगाडि