मधेस प्रदेश : बलात्कार आरोपमा एक युवक पक्राउ
मिति: २०२३-०७-१५ , समय : ०५:५०:०४ , गामघर डेस्क
मिति: २०२३-०७-१५ , समय : ०५:५०:०४ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर ।
मधेस प्रदेशमा बलात्कार आरोपमा महोत्तरी प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका वडा नं. १ बस्ने २६ वर्षीय अमित ढुंगाना रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बिहिबार साँझ बर्दिबास १ स्थित बर्दिबास बजारबाट बिशेष सुचनाको आधारमा हिंडडुल गरिरहेका ढुंगानालाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।
महोत्तरी जिल्ला अदालत जलेश्वरबाट गत मंगलबार करणी सम्बन्धि कसुर मुद्दामा ढुंगाना विरुद्ध पक्राउ पुर्जी जारी थियो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०७-१५ , समय : ०५:५०:०४ , १ वर्ष अगाडि