मुलुकमा शैक्षिक क्षेत्रले महत्त्वपूर्ण फड्को मार्ने उपराष्ट्रपति यादवकाे विश्वास
मिति: २०२३-०७-१४ , समय : १८:५७:४४ , गामघर डेस्क
मिति: २०२३-०७-१४ , समय : १८:५७:४४ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक र कानुनी व्यवस्थालाई सबैले अक्षरशः पालना गर्नसके मुलुकमा शैक्षिक क्षेत्रले महत्त्वपूर्ण फड्को मार्ने बताएका छन् ।
शुक्रबार २१०औं भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने, राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने संवैधानिक व्यवस्था गरेको बताए ।
उनले अपांगता भएका र आर्थिक रुपमा विपन्न भएका नागरिकलाई कानुनबमोजिम निःशुल्क पाउने हक हुने व्यवस्था गरेको उल्लेख गर्दै मुलुकको शैक्षिक उन्नयनका लागि शिक्षालय, शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवाला सबैले दत्तचित्त भइ आफ्नो स्थानबाट अहं भूमिका निर्वाह गर्नुपर्ने बताए ।
प्रकाशित मिति: २०२३-०७-१४ , समय : १८:५७:४४ , २ वर्ष अगाडि