नक्कली नागरिकता प्रकरण : उपप्रमुख यादवलाई अनुसन्धानका लागि चार दिनको म्याद थप
मिति: २०२३-०७-१३ , समय : १९:५२:१४ , गामघर डेस्क
मिति: २०२३-०७-१३ , समय : १९:५२:१४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
नेपाल र भारत दुबै देशको नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिरा कुमारी यादवलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न जिल्ला अदालत सप्तरीले अनुमति दिएको छ ।
अनुसन्धानका लागि उपप्रमुख यादवलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न विहीवार म्याद थप्ने आदेश जारि गरेका हुन् ।
उपप्रमुख मिरा र उहाँका पति महेन्द्र बिरुद्ध नागरिकता सम्बन्धी कसुर मुद्दामा जेठ ५ गते सप्तरी जिल्ला अदालतबाट परमादेश जारि भएपछि असार १७ गते जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो ।
परमादेश जारि भएपछि असार १७ गते जिल्ला प्रहरी कार्यालय सप्तरीले मुद्दा दर्ता गरेको थियो । कृष्णा कुमार यादवले भारतीय नागरिक मिरा नेपालको नागरिकता समेत लिई उपमेयर बनेको र प्रहरी, प्रशासनले मुद्दा दर्ता गर्न नमानेको भन्दै उच्च अदालतमा परमादेशको माग गर्दै रिट दायर गरेका थिए ।
उपप्रमुख मिराकुमारी यादव र उहाँका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको दाबी गर्दै २०७९ साउनमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको थियो । मिरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठा विवरण पेस गरेर नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख छ ।
भारतको मतदाता सूचीमा मिराको नाम रहेको दाबी उजुरीमा गरिएको छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मिराले पेस गरेको शपथपत्र तथा भारतको निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण पनि उजुरीमा समावेश गरिएको छ । यता डाक्नेश्वरी नगरपालिका वडा नं. ३ निवासी कृष्णकुमार यादवले दुई महिनाअघि उच्च अदालत जनकपुर–राजविराज इजलाशमा दायर गरेको मुद्दामा गत जेठ ५ गते न्यायाधिशद्वय हरिप्रसाद भण्डारी र तेजनारायण सिंह राइको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाउँमा परमादेशको आदेश जारी भएको थियो ।
गत असार १९ गते बुधबार अदालतको अनुमति पाएर प्रहरीले नागरिकता सम्बन्धी कसुर मुद्दामा मिरा र उहाँका पति महेन्द्र यादव बिरुद्ध पक्राउ पूर्जी जारि गरेको थियो ।
प्रकाशित मिति: २०२३-०७-१३ , समय : १९:५२:१४ , २ वर्ष अगाडि