काेशि प्रदेश : सुनसरी र मोरङमा भारी वर्षा
मिति: २०२३-०७-१२ , समय : ०९:३८:०० , गामघर डेस्क
मिति: २०२३-०७-१२ , समय : ०९:३८:०० , गामघर डेस्क
गामघर डेस्क
राजविराज । जल तथा मौसम विज्ञान विभागले अहिले सुनसरीको तरहरा, धरान र मोरङको सुन्दरहरैँचा आसपास भारी वर्षा भइरहेको जनाएको छ ।
उक्त स्थान भई बहने स–साना नदीमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
स–साना नदीका तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहने स्थानीयवासीले सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०७-१२ , समय : ०९:३८:०० , २ वर्ष अगाडि