मारुती सिमेन्ट प्रकरण : नेपालमा उत्पादित मारुती सिमेन्ट गुणस्तरहिन रहेको खुलासा

मिति: २०२३-०७-११ , समय : २३:२१:२३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । मैथिली भाषामा एउटा प्रसिद्ध भनाई छ–अप्पन दहीके कियो नहि खट्टा कहैत छै ।’ त्यहीं भएर आफ्ना उत्पादनलाई सबै कम्पनीले राम्रो भन्दै आएका हुन्छन् । तर सिमेन्ट उत्पादन गर्ने एक कम्पनीले भने आफ्नो उत्पादन गुणस्तरहिन रहेको स्वीकारेका छन् । यो कम्पनी हो मारुती सिमेन्ट ।

सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर ४ बस्ने दिवाकर साहले आफ्नो घर निर्माण गर्ने क्रममा सिंढी भत्किएको थियो । यसपछि साह र मारुती सिमेन्ट कम्पनीको तर्फबाट विराटनगर ९ निवासी ४७ बर्षीय ज्योति जोशीबीच क्षतिपूर्ती तिर्ने सहमति भएको थियो । उक्त सहमति कागजातमा उत्पादित सिमेन्ट कमसल र गुणस्तरहिन भएकोले उक्त सिमेन्टले घर बनाउँदा घर भत्किएको स्वीकार गरिएको छ ।


घर भत्किएपछि त्यसको क्षतिपूर्ती वापत सिमेन्ट कम्पनीको तर्फबाट सम्पूर्ण क्षति व्यहोर्ने लिखित सहमति जोशीले गरेका थिए । जोशी कम्पनीका सेल्स म्यानेजर हुन् । उनले उक्त पदको हैसियतले अजय कुमार साहको नाममा रहेको माछापुच्छ्रे बैंक लिमिटेड्को चेक नम्बर ००२४५०२६७६ मार्फत् दिवाकर साहलाई रु २५ लाख एकमुष्ठ दिने सहमति उक्त कागजमा गरेका थिए ।

‘उक्त सहमति पश्चात दुबै पक्षले कुनै उजुर वाजुर गर्ने गराउने छैनौं । यदी गरे, गराएमा गर्ने पक्षलाई यसै कागजलाई आधार मानी कानुन बमोजिम भए जाने सजाय भोग्न तयार छौं भनी सही छाप गर्दछौं । उक्तसहमति पत्रमा उल्लेख गरिएको छ ।’

गत चैतको पहिलो साता गरिएको उक्त सहमतिपछि पनि साहको उजुरीको आधारमा सप्तरी प्रहरीले जोशीलाई दुई साताअिघ विराटनगरबाट पक्राउ गरेर यहाँ राखेको छ ।

यद्यपी यो सहमति पत्र २४ असारमा काम नलाग्ने भएको छ । साहले प्रहरीमा उजुरी दिएपछि २४ असारमै दुबै पक्षबीच पुनः सहमति भएकाले यो कागजात काम नलाग्ने भनेर सहमति पत्रमा कट्टा क्रस चिन्ह लगाइएको छ । ग्रीन मधेशबाट

प्रकाशित मिति: २०२३-०७-११ , समय : २३:२१:२३ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित