जनमत पार्टी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पुन: सहभागी
मिति: २०२३-०७-११ , समय : २१:५४:४४ , गामघर डेस्क
मिति: २०२३-०७-११ , समय : २१:५४:४४ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौँ । जनमत पार्टी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पुन: सहभागी हुने भएको छ । दाहालको आग्रहमा जनमतले प्रतिनिधिसभा सदस्य अनिता देवीलाई मंगलबार मन्त्रीको रुपमा सिफारिस गरेको हो ।
‘हामीलाई नाम पठाउनुस् भन्नुभएको थियो । आज अनिता देवीजीको नाम पठाएको छु । कुन मन्त्रालय भन्ने प्रधानमन्त्रीले मिलाउनुहुन्छ,’ अध्यक्ष सीके राउतले ईकान्तिपुरसित भने । मंगलबार बिहान अध्यक्ष राउतले प्रधानमन्त्री दाहालसँग बालुवाटारमा भेट गरेका थिए ।
यसअघि जनमतले दाहाल सरकारमा अब्दुल खानलाई मन्त्री बनाएर पठाएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दाबी गरेको जनमतलाई खानेपानी मन्त्रालय जिम्मा लगाएपछि उक्त पार्टी असन्तुष्ट बनेको थियो । केही समयपछि कुरा नमिल्दा सरकार नै छाडेको थियो । प्रतिनिधिसभामा ६ सांसद रहेको जनमत सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता लिइसकेको थिएन । तर आर्थिक वर्ष २०८०-०८१ को बजेटमा भने विपक्षमा मतदान गरेको थियो ।
प्रकाशित मिति: २०२३-०७-११ , समय : २१:५४:४४ , १ वर्ष अगाडि