सप्तरीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु , स्थानीय द्वारा राजमार्ग अवरुद्ध

मिति: २०२३-०७-११ , समय : १६:४१:०९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
ट्रकको ठक्करबाट सप्तरीकाे रुपनिमा एक जना बालकको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनिमा ट्रकको ठक्करबाट सप्तरीको रुपनी गाउपालिका वडा न.१ का १२ वर्षीय मो.रहमानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ प १०८४ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा गइरहेका मो.रहमानलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट सख्त घाइते भएका उनलाई स्थानीय यूनिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पढाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रकसहित चालक मोरङको बुढीगंगा गाउँपालिका ३ गोकुवाका रामबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएको छ ।

यता बालकको मृत्यु भएपछि चालकलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयहरूले केही घण्टा पूर्वपश्चिम राजमार्गमा प्रदर्शन गर्नुका साथै राजमार्ग समेत अवरुद्ध गरेका थिए ।

प्रकाशित मिति: २०२३-०७-११ , समय : १६:४१:०९ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्