मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

मिति: २०२३-०७-११ , समय : १४:४४:२३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौं आउँदै गरेको मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

उक्त हेलिकप्टर लिखुपिकेको लाम्जुरा पासमा दुर्घटनामा परेको थियो । दुर्घटना स्थलमा ५ जनाको शव भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जानकारी दिनुभयाे ।

उक्त हेलिकप्टर मंगलबार बिहान १० बजेर २५ मिनेटमा सुर्केबाट उडेको थियो । उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको थियो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए । यात्रु सबै विदेशी नागरिक हुन् । चालक भने नेपाली नागरिक हुन् । शवको पहिचान भएको छैन् ।

यता बेपत्ताको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: २०२३-०७-११ , समय : १४:४४:२३ , 2 years अगाडि