हिउँदे अधिवेशन नयाँ भवनबाटै शुरु गर्ने गरी काम अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
मिति: २०२३-०७-१० , समय : १६:३३:५० , गामघर डेस्क
मिति: २०२३-०७-१० , समय : १६:३३:५० , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्काे हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्ने गरी काम अघि बढाउन निर्देशन दिनुभएको छ ।
सोमवार निर्माणाधीन संसद् भवनको अवलोकन गर्दै प्रधानमन्त्री दाहालले सकेसम्म हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट नै गर्ने गरी निर्माण गर्न निर्देशन दिनुभएको हो । उहाँले संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाटै गर्न सकियोस् भन्ने सरकारको लक्ष्य रहेको भन्दै त्यही अनुरूप कामको गति बढाउनुपर्ने बताउनुभयो ।
प्रचण्डले संसद् भवन आधुनिक र सुविधा सम्पन्न बन्नु देशको गौरवको कुरा भएको उल्लेख गर्नुभयाे । भवन निर्माणमा कुनै पनि गलत कुरामा सम्झौता नगर्न पनि उहाँकाे आग्रह छ । उहाँले भवन निर्माणका क्रममा आइपर्ने समस्याहरूको समाधान गर्न सरकारको सहयोग हुने बताउनुभयो ।
उहाँले भन्नुभयाे, ‘सकेसम्म संसद्को हिउँदे अधिवेशन यहीँ (नयाँ भवन) गर्न सकियोस् । लक्ष्य पनि त्यही छ । हामी सबैले युद्धस्तरमा काम गर्याैँ भने लक्ष्य समयमा, गुणस्तरीयरूपमा पूरा गर्न सकिन्छ । यो देशकै सर्वोच्च प्रतिनिधि संस्थाको भवन आधुनिक र सुविधा सम्पन्न बन्नु देशकै गौरवको कुरा पनि हो । त्यस कारण यसको निर्माणमा कहीँ कतै गलत सम्झाैता नगराैँ र कामलाई तीव्रताका साथ सम्पन्न गरौँ ।’
त्यसैगरी शहरी विकास मन्त्री सीता गुरुङले भवन निर्माणको कामलाई चाँडै सम्पन्न गर्नका लागि श्रमिकहरूको सङ्ख्या बढाउन निर्माण व्यवसायीहरूलाई आग्रह गर्नुभयो । उज्यालो
प्रकाशित मिति: २०२३-०७-१० , समय : १६:३३:५० , २ वर्ष अगाडि