देशभरबाट मिटरब्याजसम्बन्धी २४ हजार उजुरी : एक हजार तीन सय वटामा मिलापत्
मिति: २०२३-०७-०८ , समय : १०:१९:२५ , गामघर डेस्क
मिति: २०२३-०७-०८ , समय : १०:१९:२५ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । मिटरब्याज पीडितले देशभरबाट अहिलेसम्म झण्डै २४ हजार उजुरी दिएका छन् । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगका अनुसार परेका उजुरीमध्ये एक हजार तीन सय ८५ वटामा मेलमिलाप भएको छ । यसअघि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिनसक्ने व्यवस्था गरेको थियो ।
आयोगका सदस्य एवं पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उत्तमराज सुवेदीका अनुसार फर्छ्याैट भएका उजुरीमध्ये ३० प्रतिशत अदालतबाट फैसला भएका मुद्दासमेत रहेका छन् । यसअघि अदालतबाट पीडितकाविरुद्धमा फैसला भएको भन्दै उनीहरुले त्यस्तो निर्णय खारेजी हुनुपर्ने माग समेत गरेका थिए । आयोगका सदस्य सुवेदीका अनुसार पीडितहरूले अहिलेसम्म साहुको नाममा पुगेका ३० कित्ता जग्गा समेत फिर्ता पाइसकेका छन् ।
आयोगले अहिले मेलमिलापलाई नै प्राथमिकता दिएको र मिलाप हुन नसकेका गम्भीर प्रकृतिका घटनाका विषयमा मात्रै कारबाहीका लागि सिफारिस गर्ने तयारी छ । आयोगले गएको वैशाख १७ गतेदेखि धनुषाको जनकपुरमा कार्यालय स्थापना गरी काम अगाडि बढाएको छ ।
प्रकाशित मिति: २०२३-०७-०८ , समय : १०:१९:२५ , २ वर्ष अगाडि