सप्तरीमा लघुवित्तिय विरुद्ध बृहत जनप्रदर्शन….

मिति: २०२३-०२-२८ , समय : १७:२७:५० , शुभ नारायण यादब

राजविराजमा प्रदर्शन गर्दै महिलाहरु......

शुभ नारायण यादब

राजविराज । सप्तरीमा लघुवित्तिय संस्थाले सेवाग्राहीबाट चर्को रुपमा ब्याज असुली सहितको ज्यादती विरुद्ध आन्दोलन सुरु भएको छ । लघुवित्तिय संस्था विरुद्ध संघर्ष समिति सप्तरीले मंगलबार राजविराजमा प्रदर्शन गर्दै आन्दोलन थालेको हो । लधुवित्तय संस्थाको गतिविधिका कारण जनतामा यसको आकर्षण कम हुँदै गएको छ भने ; यसको विरोधमा सेवाग्राहीले आन्दोलन गरिरहेका छन । लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज असुल्ने गरेको कारण आफुहरु आन्दोलनमा उत्रनु परेको पिडितहरु बताउनुहुन्छ ।
यसै क्रममा सयौंको संख्यामा रहेका सहभागीहरुले राजविराज नगर भरी र्याली ,प्रदर्शन गरेका हुन् । उनीहरुले नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज हुनुपर्ने, लघुवित्तिय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा हुनुपर्ने, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने माग गरेका छन् ।
त्यस्तै, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था हुनुपर्ने तथा समाजवादी अर्थतन्त्रको विकास हुनुपर्ने प्रदर्शन तथा र्यालीमा सहभागीहरुले जोडदार रुपमा माग उठाएका छन् । मागतर्फ सम्बन्धित पक्षले गम्भीरता नदेखाए थप सशक्त आन्दोलन चर्काउने उनीहरुले चेतावनी समेत दिएका छन ।

प्रकाशित मिति: २०२३-०२-२८ , समय : १७:२७:५० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित