सप्तरीको लाेहजारामा काेदोलो प्रहारबाट विराजि गम्भीर घाइते

मिति: २०२३-०७-०७ , समय : १६:५५:०५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको तिरुहुत गाउँपालिका ५ लोहजाराका सुकदेव विराजी माथि कोदोलो प्रहार गर्दा गम्भीर धाईते भइ अस्पताल भर्ना भएको छ । छिमेकी अमर नारायण झखरैत (बुलबुल)ले बिहिवार विराजीको टाउकोमा कोदालो प्रहार गर्दा गम्भीर घाइते भइ छिन्नमस्ता अस्पतालमा उपचारको लागि भर्ना गरिएको हो।

खेतको पानी काट्ने विषयमा झैझगडा हुँदा झखरैतले ५२ वर्षिय विराजीको टाउकोमा कोदालोले प्रहार गरेको स्थानीयले बताएका छ्न । कोदालो प्रहारबाट बुवाको टाउकोमा गम्भीर चोट लागेको धाइतेको छोरी सन्जु यादवले बताइन्। बुवाको राजविराज स्थित  छिन्नामस्ता अस्पतालमा भर्ना गरी उपचार भईरहेको छोरी यादवले बताइन् ।
छिमेकी एकनाथ झखरैतको खेतमा पानी काटीरहेको अबस्थामा आफ्नो खेतमा पानी जाने भन्दै एक्कसी आफुमाथि बुलबुलले कोदालो प्रहार गरेको पीडितले बताए।
कोदालो प्रहार गर्ने झखरैतलाई प्रहरी चौकी लोहजाराले बिहीवार नियन्त्रणमा लिएपनि शक्तिको आडमा तुरुन्तै छोडिएको पीडित विराजीको अफन्तले आरोप लगाए। कोदालो प्रहार गर्ने झखरैत खुलेयाम घुमिरहदा समेत प्रहरी भने मुखदर्शक रहेको पिडित परिवारको गुनासो रहेछ।
उता ज्यानै मर्ने योजना बनाइ कोदालो प्रहार गरेको पिडित परिवारको आरोप समेत रहेको छ। ज्यानै मर्ने योजना बनाइ कोदालो प्रहार गरेको र बुवाको कपडा रक्ताम्मे भएको देखाउदै पिडितको जेठो छोरी संजुले बताइन्।

प्रकाशित मिति: २०२३-०७-०७ , समय : १६:५५:०५ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित