सरकारबाट जनमत पार्टी बाहिरिँदैन : डा. सीके राउत
मिति: २०२३-०२-२८ , समय : १७:२३:४८ , गामघर डेस्क
मिति: २०२३-०२-२८ , समय : १७:२३:४८ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफूहरु सरकारबाट नबाहिरिने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रिय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरागर्दै राउतले जनमत पार्टी सरकारबाट नबाहिरिने बताएका हुन् ।
उनले भने, ‘अहिले त्यस्तो कुनै महत्वपूर्ण परिस्थिति भएको छैन जसले सरकार बाहिर आउनु परोस, सरकारबाट बाहिरिने कुनै परिस्थिति नै बनेको छैन जनमत पार्टीको । अरु पार्टीहरु त माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन, कसैलाई मन्त्रालय भएन भनेर बारिरिएको हो । जनमत पार्टीको लागि कुनै त्यस्तो कुनै नयाँ परिस्थिति सिर्जना भएको छैन । त्यही भएर जनमत पार्टी सरकारमा यथावत छ ।’
नागरिकता विधेयक, राजबन्दीको रिहाइ र किसान आन्दोलन लगायतका आफ्नो पार्टीले उठाएको एजेण्डा सम्बोधन हुने अवस्था नआएमा सरकारलाई गरेको समर्थन फिर्ता हुनसक्ने उनले बताए ।टुडेपाटीबाट
प्रकाशित मिति: २०२३-०२-२८ , समय : १७:२३:४८ , २ वर्ष अगाडि