मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय बनाउने एमालेविरुद्घ राजविराजमा बृहत् बिराेध प्रदर्शन
तस्बिर सहित / सामाजिक सन्जालबाट
मिति: २०२३-०७-०६ , समय : १७:१२:४५ , गामघर डेस्क
मिति: २०२३-०७-०६ , समय : १७:१२:४५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
संसद् अवरोधले मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि मिटरब्याजपीडितले अाज सप्तरीको सदरमुकाम राजविराजमा बृहत् बिराेध प्रदर्शन गरेका छन्। जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम राजविराज आएर पीडितहरूले नेकपा एमालेविरुद्ध विभिन्न नारा लगाउँदै र्याली सहित बृहत् बिराेध प्रदर्शन गरेका हुन्।
मिटरब्याजीपीडित संघर्ष समितिको अाह्वानमा सप्तरीको विभिन्न गाउँ–गाउँबाट पीडितहरू सदरमुकाम राजविराज पुगेर संसद् अवरोध गरेर मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय बनाउने एमालेविरुद्घ बृहत् बिराेध प्रदर्शन गरेका हुन्।
प्रकाशित मिति: २०२३-०७-०६ , समय : १७:१२:४५ , २ वर्ष अगाडि