लगातारको वर्षाको सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल डुबानमा
मिति: २०२३-०७-०५ , समय : १२:०७:४४ , गामघर डेस्क
मिति: २०२३-०७-०५ , समय : १२:०७:४४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
वर्षाको पानी निकास नहुँदा सप्तरीको गजेन्द्रनारायण अस्पताल डुबानमा परेको छ । मंगलबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले अस्पताल डुबानमा परेको हो ।
बाढीका कारण अस्पतालको सिटी स्क्यान, एक्सरे र ओपिडी सेवा प्रभावित भएको अस्पताल प्रशासनले जनाएको छ। गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीको एक मात्र सरकारी अस्पताल हो । यसेगरि लगातारको बर्षाले सप्तरीको एक दर्जन बस्ती समेत डुबानमा परेको स्थानीयहरुले बताएका छन ।
प्रकाशित मिति: २०२३-०७-०५ , समय : १२:०७:४४ , २ वर्ष अगाडि