मधेस प्रदेशमा गोली चल्दा एक जना गम्भीर घाइते

मिति: २०२३-०७-०५ , समय : ०७:४२:३० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको महोत्तरीमा गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । दुई राउराण्ड गोली चल्दा महोत्तरीकै रामगोपालपुर नगरपालिका-१ बसबिट्टी बजारका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुुमार गिरीका अनुसार स्थानीय ३८ वर्षीय कौशल मण्डलले यादवमाथि गोली प्रहार गरेका हुन् ।

मंगलबार साँझ सामान्य विवादको क्रममा मण्डलले यादवमाथि दुई राउन्ड गोली प्रहार गरेको डीएसपी गिरीले बताउनुभयो । यता यादवको कन्चट र दाहिने कुमको माथि गोली लागेको छ ।

गम्भीर घाइते उनलाई थप उपचारको लागि जनकपुरको जानकी हेल्थकेयरमा ल्याइएको छ । त्यसअघि उनलाई रामगोपालपुरकै जानकी एकेडेमीक हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ सम्भव नभएपछि जनकपुर ल्याइएको हो ।

यता गोली प्रहार गर्ने मण्डल र उनले प्रयोग गरेको पेस्तोल, गोलीको खोका तीन थानसहित घटनास्थलबाटै पक्राउ गरेको डीएसपी गिरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०७-०५ , समय : ०७:४२:३० , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित