समाचारकाे प्रभाव : सप्तरीको डाक्नेश्वरि नपामा नक्कली नागरिकता कसुरमा उपमेयर र उनका पतिविरुद्ध पक्राउ पुर्जी जारी
मिति: २०२३-०७-०४ , समय : १७:५८:५० , गामघर डेस्क
मिति: २०२३-०७-०४ , समय : १७:५८:५० , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
समाचारकाे प्रभावले सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
उच्च अदालत जनकपुर, राजविराज इजलासको परमादेशपछि गत आइतबार जिल्ला प्रहरी कार्यालयमा दुवैजनाविरुद्ध नागरिकतासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो। उनीहरूविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपि नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
सोही नगरपालिका वडा न.– ४ का ३५ वर्षीय कृष्णकुमार यादवले वारेसमार्फत मुद्दा दायर गरेका थिए। उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौलनिवासी रहेको दाबी गरिएको छ। स्मरण रहाेस सप्तरीकाे डाक्नेश्वरि नगरपालिकाकि उपमेयरले दाेहराे नागरिकता लिएको भन्दै यश गामघर डटकम सहितका विभिन्न सन्चारमाध्यमले पटक पटक समाचारहरु सम्प्रेशन गरेपछि सप्तरी प्रहरीले पक्राउ पुर्जी जारि गरिएको छ ।
प्रकाशित मिति: २०२३-०७-०४ , समय : १७:५८:५० , २ वर्ष अगाडि