भ्रष्टाचारविरूद्धको अनुसन्धान कुनै हालतमा रोकिन्न, गठबन्धन पाँच वर्ष ढुक्कले चल्छ ः प्रधानमन्त्री प्रचण्ड
मिति: २०२३-०७-०१ , समय : १५:१५:१० , गामघर डेस्क
मिति: २०२३-०७-०१ , समय : १५:१५:१० , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने बताउनुभएको छ ।
आज पोखरामा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले कुनै पनि प्रभाव र दबाबमा भ्रष्टाचारविरुद्धका अनुसन्धान र कारबाही नरोकिने बताउनुभएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण, यसमा सरकार दृढताका साथ अगाडि बढेको र थप तीव्रताका साथ अघि बढ्ने प्रचण्डको दाबी छ । भ्रष्टाचार देशको विकराल समस्या बन्दै गएकोले यसलाई हटाउन आफूले निकै मेहेनत गरिरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
अनुसन्धानमा प्रहरीलाई निष्पक्ष ढङ्गले काम गर्न दिइएको र आवश्यक सहजीकरण भइरहेको प्रचण्डले बताउनुभयो । फरक प्रसङ्गमा उहाँले धराशायी हुने चिन्ताबाट अर्थतन्त्र लयमा फर्किएको बताउनुभयो । आफ्नो भारत भ्रमण निकै सफल भएको दाबी गर्दै प्रचण्डले छिटै चीन भ्रमण पनि हुने र त्यसको तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाँले गठबन्धनको सरकार पाँच वर्ष चल्ने दाबी गर्दै यो गठबन्धनलाई कसैले तोड्न नसक्ने दाबी गर्नुभयाे ।
प्रकाशित मिति: २०२३-०७-०१ , समय : १५:१५:१० , २ वर्ष अगाडि