पप्पु कन्स्ट्रक्सनका सञ्चालक तथा पूर्वसांसद रौनियार पक्राउ
मिति: २०२३-०६-३० , समय : १७:५२:२० , गामघर डेस्क
मिति: २०२३-०६-३० , समय : १७:५२:२० , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
पप्पु कन्स्ट्रक्सनका सञ्चालक तथा पूर्वसांसद हरिनारायण रौनियार पक्राउ परेका छन् ।
उनलाई प्रहरी वृत्त, बानेश्वरको टोलीले पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा रौनियारविरुद्ध ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो।
रौनियार पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वसांसदसमेत हुन्। सांसद रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
प्रकाशित मिति: २०२३-०६-३० , समय : १७:५२:२० , २ वर्ष अगाडि