पिडित लेनदेन संघर्ष समितिकाे अान्दोलनमा रबि लामिछानेको समर्थन : अध्यादेश खारेज नभए सम्म अान्दोलन जारी रहने उदघाेष

मिति: २०२३-०६-२८ , समय : १९:३२:३४ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाडौं ।
सरकारले मिटरब्याजलाई अनुचित लेनदेनको रूपमा परिभाषित गरी कानुनीरूपमा दण्डनीय बनाउन ल्याएको अध्यादेश खारेजीको माग गर्दै अान्दोलनरत पीडित लेनदेन संघर्ष समितिले काठमाडौंकाे माईतीघरमा अाज ९ अाे दिन पनि नारा जुलस गर्दै विरोध प्रदर्शन जारी राखेका छन् । पीडित लेनदेन संघर्ष समितिले काठमाडौं स्थित माईतीघरमा आयोजना गरेको विरोध कार्यक्रममा २०८० अध्यादेशको दफा २४५ ‘क’ खारेज गर्नु पर्ने मागसहित विरोध प्रदर्शन गरेका हुन् । यसेबिच पिडित लेनदेन सङ्घर्ष समितिकाे अान्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष , सान्सद एव निवर्तमान गृहमन्त्री रबि लामिछानेले समर्थन जनाउनु भएको छ । उहाँले पिडित लेनदेन सङ्घर्ष समितिकाे माग जायज रहेको भन्दै तपाईहरुकाे माग अविलम्ब सम्बाेधन गर्न अाफुले सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयाे ।
यता पिडित लेनदेन सङघ्र्ष समितिले साहु पीडितको साँवा र व्याज उपलब्ध गराउनु पर्ने, अदालतमा तमसुक दर्ता गर्नेकाम जारी राख्नु पर्ने, मिटरब्याजको नाममा भइरहेको लेनदेन आतंक बन्द गर्नुपर्ने, स्थानीय निकायमा जाँचबुझ गरि मात्र प्रमाणको आधारमा उजुरी दर्ता गर्ने प्रावधान हुनुपर्ने, लेनदेनसम्बन्धी उजुरीबिना प्रमाण दर्ता नगर्नुपर्ने, जिल्ला प्रशासन कार्यालय तथा मिटरब्याज जाँचबुझ आयोगमा दर्ता भएको निवेदनहरू हाल जारी भएको मुलुकी देवानीसंहिता २०७४ को ३६ को ३ (ख) बमोजिम जाँचबुझ तथा छलफलको लागी स्थानीय सरकारलाई जिम्मा लगाउनुपर्ने, आफूहरूले लगाएको लगानीहरू कानुन बमोजिम सावाँ र ब्याजसहित उपलब्ध हुनुपर्ने र लेनदेनको व्यवहारलाई मर्यादित र सहज बनाउनुपर्नेलगायतका माग सहित प्रदर्शन गरिरहेकाे पिडित लेनदेन सङ्घर्ष समिति सिरहा मधेस प्रदेशका अध्यक्ष धनेश्वर यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०६-२८ , समय : १९:३२:३४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित