नेपाली कांग्रेसको सदस्यता अब अनलाइनबाटै….

मिति: २०२३-०६-२८ , समय : ०८:४०:५९ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाडौं ।
कांग्रेसले परम्परागत प्रणालीलाई परिवर्तन गर्दै अनलाइनमार्फत सदस्यता वितरण थालेको छ । महामन्त्री गगन थापा संयोजकत्वको सदस्यता व्यवस्थापन समितिले मंगलबारबाट अनलाइनमार्फत सदस्यता वितरण थालेको हो ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सदस्यता वितरणमा रहँदै आएको प्रक्रियागत झन्झटलाई कम गर्न अनलाइन प्रणालीको सुरुवात गरिएको जानकारी दिए । आवेदन र सदस्यता शुल्क अनलाइनबाटै बुझाउन सकिनेछ । ‘इच्छाएको व्यक्तिले पार्टी सदस्यता नपाउने र सदस्यता लिएका पनि क्रियाशील छन्/छैनन् भन्ने अवस्था रह्यो । सदस्यता वितरणको परम्परागत प्रणालीलाई परिवर्तन गरेर डिजिटल प्रणालीमा रूपान्तरण गरेका हौँ । यसले सदस्यता वितरणको प्रक्रियागत झन्झटलाई अन्त्य गर्नेछ,’ उनले भने ।

ad
कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीका अनुसार केन्द्रीय कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी अनलाइनबाटै फोटोसहितको सदस्यता कार्ड उपलब्ध गराइनेछ । सदस्यताका लागि २० रुपैयाँ शुल्क लाग्नेछ । केन्द्रले उपलब्ध गराउँदै आएको क्रियाशील सदस्यता कार्डसमेत अब जिल्ला कार्यसमितिले नै प्रिन्ट गरी उपलब्ध गराउनेछ । यससँगै क्रियाशील सदस्यता नवीकरणको नियमित प्रक्रियासमेत अनलाइनबाटै हुने उनले जानकारी दिए । नवीकरणका लागि जिल्लाबाटै प्रक्रिया पूरा गरी कार्ड उपलब्ध गराइनेछ ।

कांग्रेसले निरन्तर सदस्यता वितरणको काम हुने जनाएको छ । ‘अनलाइनबाटै क्रियाशील सदस्यता पनि भर्न पाउने गरी आवश्यक प्राविधिक तयारी गरिसकिएको छ । यसका लागि विधान र नियमावलीमा रहेका केही विषयमा संशोधनको प्रक्रिया पूरा गरेपछि क्रियाशील सदस्यताको आवेदन पनि पार्टीको वेबसाइटबाट अनलाइनमै भर्न सकिनेछ,’ पराजुलीले भने । कांग्रेसको तथ्यांकमा १५ लाखभन्दा बढी साधारण सदस्य र आठ लाख ६५ हजारभन्दा बढी क्रियाशील सदस्य छन् । यो संख्या अद्यावधिक हुने क्रममा रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

मीन विश्वकर्मा प्रमुख, कांग्रेस प्रचार विभाग
इच्छाएको व्यक्तिले पार्टी सदस्यता नपाउने र सदस्यता लिएका पनि क्रियाशील छन्/छैनन् भन्ने अवस्था रह्यो । सदस्यता वितरणको परम्परागत प्रणालीलाई परिवर्तन गरेर डिजिटल प्रणालीमा रूपान्तरण गरेका हौँ । यसले सदस्यता वितरणको प्रक्रियागत झन्झटलाई अन्त्य गर्नेछ । नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २०२३-०६-२८ , समय : ०८:४०:५९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित