अदालतकाे अवहेलना मुद्दामा काठमाडौंका मेयर शाहसँग लिखित जवाफ माग
मिति: २०२३-०६-२७ , समय : २०:१०:२९ , गामघर डेस्क
मिति: २०२३-०६-२७ , समय : २०:१०:२९ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग लिखित जवाफ मागेको छ ।
अधिवक्ता वर्षाकुमारी झाले दिएको निवेदनमा मङ्गलवार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अदालतकाे अवहेलनासम्बन्धी मुद्दामा सर्वाेच्चले मेयर शाहसँग लिखित जवाफ मागेको हो ।
गएकाे असार ७ गते उच्च अदालत पाटनले भारतीय चलचित्र प्रदर्शन नरोक्न आदेश दिएपछि काठमाण्डाैका मेयर शाहले सार्वभौमिकता र स्वाधीनताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने टिप्पणी गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२३-०६-२७ , समय : २०:१०:२९ , २ वर्ष अगाडि