अध्यादेश खारेज नभए अात्मदाह सम्म गर्ने पिडित लेनदेन सङ्घर्ष समितिकाे चेतावनी ( तस्बिर सहित )
मिति: २०२३-०६-२६ , समय : १७:२१:३९ , शुभ नारायण यादब
मिति: २०२३-०६-२६ , समय : १७:२१:३९ , शुभ नारायण यादब
शुभ नारायण यादब
काठमाडौँ । मधेस प्रदेश सहित तराईका विभिन्न जिल्लाबाट आएका पीडित लेनदेन संघर्ष समितिहरुले आज साताे दिन पनि राजधानी काठमाडौं स्थित माइतीघरमा धर्ना तथा बिराेध प्रदर्शन जारी राखेका छन् ।
उनीहरूले लेनदेन कारोबार सहज गर, सामाजिक सद्भाव कायम राख, प्रहरी दमन बन्द गर, २०८० को अध्यादेश खारेज गर जस्ता नारा लेखिएको पम्पप्लेट बोकेर अाज पनि दिनभरि बिराेध प्रदर्शन गरेका हुन ।
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यही वैशाख २० गते जारी सो अध्यादेशका प्रावधान पूर्वाग्रही, असमान र अनुचित भएकोले आफूहरु मर्कामा परेको पिडित लेनदेन संघर्ष समिति सिरहाका अध्यक्ष धनेश्वर यादवले जानकारी दिनुभयो ।
नियम कानून सबैको लागि समान हुनुपर्छ आफूहरुको कुनै राय सुझाव नलिई एकपक्षीय ढंगले अध्यादेश जारी गरेकाे भन्दै अध्यादेश खारेज नभए अात्मदाह सम्म गर्ने चेतावनी पिडित लेनदेन समिति सिरहाकि काेषाध्यक्ष सुजिता साहले दिइन ।
परापूर्वकालदेखिको आपसी लेनदेनको व्यवहारलाई भताभुङ्ग पार्न खोजिएको भन्दै उनीहरूले आफूहरूमाथि कारबाही गर्न ल्याइएको अध्यादेश खारेजीको माग गर्नुपर्ने माग पिडित लेनदेन सङघर्ष समिति सप्तरीका सचिव केश्वर प्रसाद साहले गरेका छन । उहाले त्यसमा केही सीमित व्यक्तिले आफ्नो दुनो सोझो गर्न खोजेको आरोप समेत लगाएका छन ।
आफूहरूलाई डर देखाउँदै मिटरव्याजी भनी निवेदन दिने, धाकधम्की दिने काम भएको भन्दै आतङ्क नरोकिए चरणबद्ध आन्दोलनमा समेत जाने चेतावनी पिडित लेनदेन सङ्घर्ष समितिका मधेस प्रदेशले जनाएको छ ।
उनीहरूले स्थानीय निकायमा जाँचबुझ गरी मात्र प्रमाणको आधारमा मात्र उजुरी दर्ता गरिनुपर्ने, हाल दर्ता गरिएका उजुरीलाई जाँचबुझ तथा छलफलको लागि स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने, आफूहरूले दिएको पैसाको साँवा र व्याज उपलब्ध गराउनुपर्नेलगायतका माग राखेका छन् ।
प्रकाशित मिति: २०२३-०६-२६ , समय : १७:२१:३९ , २ वर्ष अगाडि