सप्तरीको महादेवा गापामा विभिन्न १८ बुदे माग सहित सयुक्त संघर्ष समितिले बुझाए ज्ञापनपत्र
मिति: २०२३-०६-२५ , समय : १९:२०:२० , गामघर डेस्क
मिति: २०२३-०६-२५ , समय : १९:२०:२० , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको महादेवा गाउँपालिकाको उदासीनताले हालसम्म किताकाट नखुलेको लगायत विभिन्न १८ बुदे माग सहित संयुक्त सधर्ष समितिले आईतवार महादेवा गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । संयुक्त सधर्ष समितिका तर्फबाट दिपेन्द्र माझी, रामनारायण सरदारको नेतृत्वमा महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डललाइ सो ज्ञापनपत्र बुझाएका हुन । बुझाइएको ज्ञापनपत्रमा यहाँका किसान तथा मजदुरहरूले गाउँपालिकाबाट पाउनुपर्ने सिचाइ , मलखाघ , बीउ ,बिजन लगायतका सेवा सुबिधाहरु नपाएको दुख ब्यक्त गर्दै वृद्ध ,एकल महिला ,अपांगता भएका ब्यक्ति लगायतको सामाजिक सुरक्षा भत्ता समयमै उपलब्ध गराउनुपर्ने , पछिल्लोपटक गर्मि बढेसगे महादेवा गाउँपालिकामा लामखुट्टेको प्रकोपबाट पालिकाबासिहरु त्रशीत रहेकाले यसबाट मुक्ति दिनुपर्ने , बढदो गर्मिसगे लोडसेडिङ्ग बढेकाले बेकल्पिक व्यवस्था गर्नुपर्ने माग गरेको छ । यस्तै गाउँ ब्लक तथा अव्यवस्थित बसोबासिहरुलाइ लालपुर्जा वितरणमा ढिलाइ भएकोले सो समाधान गर्नुपर्ने , महादेवा गापाको २०७९असार ३०गते च.न.११४९ को गापा अध्यक्ष सुनिल कुमार मण्डलद्वारा जारी पत्रमा करार सेवामा कार्यरत कर्मचारीहरुलाई कार्यपालिकाको गाउँसभाको निर्णय बमोजिम निष्काशनलाई कुन प्रकृया अनुसार पुनः त्यसैलाई नियुक्ती गर्नुको कारण, गाउँपालिका भित्रको सार्वजनिक पोखरी सार्वजनिकमा ढिलाई किन र ठेक्का पटा किन लाग्न सकेको छैन, गाउँपालिका भित्र मोटरसाईकल र चार पाग्रे को को जिम्मा तथा को कोले कति ईन्धन लिएको हो सोको विवरण उपलव्ध गराई दिन हुन आग्रह सो ज्ञापनपत्रमा गरिएको छ । यस्तै गाउँपालिकाले अहिले सम्म वितरण गरेको आर्थिक सहयोगको सुची दिन हुन, गाउँपालिका भित्रको कृषि,स्वास्थ्य,शिक्षा,रोजगार,पशु,गतिविधि सार्वजनिक गर्न, गाउँपालिका भित्रको न्यायीक समितिले न्यायीक सम्बन्धित गरेको कामको जानकारी, महादेवा गापा भित्र रहेको अधुरा भवन,सडक,बाटो,धाटो,पुल,पुलेसा,नाला, निर्माणका योजनाहरु अलपत्र परेकाले सो निर्माण कार्य अगाडि बढाउनुपर्ने, गाउँपालिका भित्रको सार्वजनिक जग्गा,सडक,बाटो,डगर,हाट,बजार,मठ,मन्दिर,मदर्सा,गोचरन,लगायतको अतिक्रमण मुक्त गर्न तर्फ ढिलाई किन यस तर्फ यथाशिध्र पहल कदमी लिनु पर्ने , विभिन्न सन्चारमाध्यममा गाउँ कार्यपालिकासग जोडिएको भ्रष्टाचार सम्बन्धित समाचारहरु प्रकाशन प्रसारण भएकाले त्यसको उचित छानवीन हुनुपर्ने र्, माग गरिएको छ । यसेगरि पालिकाको वर्षेणी बजेट पालिकावासिले किन थाहा नपाएको भन्दै सो अविलम्ब गर्नुपर्ने , स्वास्थ्य सेवा तथा सुबिधाको विस्तार , स्वास्थ्य बिमा कार्य तथा शेक्षिक गुणस्तरको सुधार सम्बन्धि कार्य शुभारम्भ हुनुपर्ने , आर्थिक बर्ष सकिन २० दिन मात्रै बाँकि पुजिगत खर्च ३० प्रतिशत मात्र हुन सक्नु महादेवा गाउँपालिकाको विकासको दृष्टिले निकै दुखद भएकाले सो सुधार गर्नुपर्ने तथा सरकारले तोकिएको ऐन कानुन अनुरुप खुला प्रतिस्पर्धाको माध्यमबाट मात्र कर्मचारीको पदपूर्ति गर्नुपर्ने लगायतका मागहरु अघि सारी ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापनपत्र बुझाउने कार्यक्रममा पत्रकार देवराम यादव,को उपस्थिति रहेको थियो ।
बुझाइएको ज्ञापनपत्रमा यहाँका किसान तथा मजदुरहरूले गाउँपालिकाबाट पाउनुपर्ने सिचाइ , मलखाघ , बीउ ,बिजन लगायतका सेवा सुबिधाहरु नपाएको दुख ब्यक्त गर्दै वृद्ध ,एकल महिला ,अपांगता भएका ब्यक्ति लगायतको सामाजिक सुरक्षा भत्ता समयमै उपलब्ध गराउनुपर्ने , पछिल्लोपटक गर्मि बढेसगे महादेवा गाउँपालिकामा लामखुट्टेको प्रकोपबाट पालिकाबासिहरु त्रशीत रहेकाले यसबाट मुक्ति दिनुपर्ने , बढदो गर्मिसगे लोडसेडिङ्ग बढेकाले बेकल्पिक व्यवस्था गर्नुपर्ने माग गरेको छ । यस्तै गाउँ ब्लक तथा अव्यवस्थित बसोबासिहरुलाइ लालपुर्जा वितरणमा ढिलाइ भएकोले सो समाधान गर्नुपर्ने , महादेवा गापाको २०७९असार ३०गते च.न.११४९ को गापा अध्यक्ष सुनिल कुमार मण्डलद्वारा जारी पत्रमा करार सेवामा कार्यरत कर्मचारीहरुलाई कार्यपालिकाको गाउँसभाको निर्णय बमोजिम निष्काशनलाई कुन प्रकृया अनुसार पुनः त्यसैलाई नियुक्ती गर्नुको कारण, गाउँपालिका भित्रको सार्वजनिक पोखरी सार्वजनिकमा ढिलाई किन र ठेक्का पटा किन लाग्न सकेको छैन, गाउँपालिका भित्र मोटरसाईकल र चार पाग्रे को को जिम्मा तथा को कोले कति ईन्धन लिएको हो सोको विवरण उपलव्ध गराई दिन हुन आग्रह सो ज्ञापनपत्रमा गरिएको छ । यस्तै गाउँपालिकाले अहिले सम्म वितरण गरेको आर्थिक सहयोगको सुची दिन हुन, गाउँपालिका भित्रको कृषि,स्वास्थ्य,शिक्षा,रोजगार,पशु,गतिविधि सार्वजनिक गर्न, गाउँपालिका भित्रको न्यायीक समितिले न्यायीक सम्बन्धित गरेको कामको जानकारी, महादेवा गापा भित्र रहेको अधुरा भवन,सडक,बाटो,धाटो,पुल,पुलेसा,नाला, निर्माणका योजनाहरु अलपत्र परेकाले सो निर्माण कार्य अगाडि बढाउनुपर्ने, गाउँपालिका भित्रको सार्वजनिक जग्गा,सडक,बाटो,डगर,हाट,बजार,मठ,मन्दिर,मदर्सा,गोचरन,लगायतको अतिक्रमण मुक्त गर्न तर्फ ढिलाई किन यस तर्फ यथाशिध्र पहल कदमी लिनु पर्ने , विभिन्न सन्चारमाध्यममा गाउँ कार्यपालिकासग जोडिएको भ्रष्टाचार सम्बन्धित समाचारहरु प्रकाशन प्रसारण भएकाले त्यसको उचित छानवीन हुनुपर्ने र्, माग गरिएको छ । यसेगरि पालिकाको वर्षेणी बजेट पालिकावासिले किन थाहा नपाएको भन्दै सो अविलम्ब गर्नुपर्ने , स्वास्थ्य सेवा तथा सुबिधाको विस्तार , स्वास्थ्य बिमा कार्य तथा शेक्षिक गुणस्तरको सुधार सम्बन्धि कार्य शुभारम्भ हुनुपर्ने , आर्थिक बर्ष सकिन २० दिन मात्रै बाँकि पुजिगत खर्च ३० प्रतिशत मात्र हुन सक्नु महादेवा गाउँपालिकाको विकासको दृष्टिले निकै दुखद भएकाले सो सुधार गर्नुपर्ने तथा सरकारले तोकिएको ऐन कानुन अनुरुप खुला प्रतिस्पर्धाको माध्यमबाट मात्र कर्मचारीको पदपूर्ति गर्नुपर्ने लगायतका मागहरु अघि सारी ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापनपत्र बुझाउने कार्यक्रममा पत्रकार देवराम यादव,को उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २०२३-०६-२५ , समय : १९:२०:२० , २ वर्ष अगाडि