काठमाण्डाै महानगरकाे बजेट २५ अर्ब ५४ कराेड, ‘धुलोरहित काठमाण्डाै’ योजनालाई एक अर्ब रुपैयाँ , विराटनगर महानगरकाे बजेट तीन अर्ब २८ कराेड रुपैयाँ
मिति: २०२३-०६-२५ , समय : १५:२२:१२ , गामघर डेस्क
मिति: २०२३-०६-२५ , समय : १५:२२:१२ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाले आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ल्याएकाे छ । आइतवार महानगरकी उपमेयर सुनिता डंगाेलले नगरसभाकाे बैठकमा आउँदाे आर्थिक वर्षका लागि २५ अर्ब ५४ कराेड रुपैयाँकाे बजेट प्रस्तुत गर्नुभयाे ।
बजेटमा चालुतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार (३३ दशमलव ७२ प्रतिशत) र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ (६६ दशमलव २८ प्रतिशत) विनियोजन गरिएको छ ।
महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये विस्तृत परियाेजना प्रतिवेदन (डीपीआर) भएका सडक तथा पेटीहरू मर्मत तथा निर्माण गरी ‘धुलोरहित काठमाण्डाै’ योजनालाई कार्यान्वयन गरिने बजेटमा उल्लेख छ । यस योजनाअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्न एक अर्ब रुपैयाँ विनियाेजन गरेकाे उपमेयर डंगाेलले जानकारी दिनुभयाे ।
यस्तै सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन आफ्नै आस्फाल्ट प्लान्ट स्थापनासहित पूर्वाधार एम्बुलेन्सलाई प्रभावकारीरूपमा सञ्चालन गर्न २५ करोड रुपैयाँ विनियोजन गरिएकाे छ ।
त्यसेगरि विराटनगर महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
महानगरको १२ औँ नगरसभामा आइतवार उपमेयर शिल्पा कार्कीले चालु आर्थिक वर्षको तुलनामा ४८ करोड २५ लाख रुपैयाँले कम बजेट सार्वजनिक गर्नुभएको हो ।
अनुमानित बजेटको स्रोत व्यवस्थापनमध्ये सङ्घीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारबाट चार करोड ५१ लाख ६३ हजार, राजस्व बाँडफाँटबाट ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आयबाट ९९ करोड ५० लाख, जनसहभागितााबट १० करोड, आन्तरिक ऋणबाट १० करोड, सङ्घ–सस्थाबाट तीन करोड र नगद मौज्दातबाट दुई करोड रुपैयाँ आय हुने अनुमान रहेको छ ।
प्रकाशित मिति: २०२३-०६-२५ , समय : १५:२२:१२ , २ वर्ष अगाडि