यातायात सवारी शाखाका लेखा अधिकृत उपेन्द्र भ्रष्टाचारको कमाईले दुई ठाउँमा बनाए आलिशान महल
मिति: २०२३-०६-२५ , समय : ०८:४६:१२ , रंजित चौरसिया
मिति: २०२३-०६-२५ , समय : ०८:४६:१२ , रंजित चौरसिया
रंजित चौरसिया
वीरगंज ।
यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंजका लेखा अधिकृत उपेन्द्र यादवले “दिन दुगुना रात चौगुना” भ्रष्टाचार कार्यमा तल्लीन देखिएका छन् । अधिकृत यादवले पर्सागढी नगरपालिकामा कार्यरत्त रहदां करोडौं करोड भ्रष्टाचार गरी अकुत सम्पति जोडन सफल व्यक्तिको रुपमा चिनिन्छ । रौतहट जिल्ला निवासी यादवले पर्सागढी नगरपालिका वडा नं. ३ बढनिहारमा जग्गा किनेर तीन तल्ले घर बनाएका छन् । यति मात्र होईन, अधिकृत यादवले वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वामा पनि आलिशान महल जोडन सफल भएका छन् । अधिकृत यादवको नजिक उठबस गर्नेहरुका अनुसार उनी वीरगंजमा अझ दुई÷चार ठाउँमा घडेरी किन्न सफल भएको बताईन्छ । भ्रष्टाचारको मामिलामा गन्हाईसकेका अधिकृत यादवले सवारीको लेखामा हाल कार्यरत्त रहदा घुसको रकम लिनैका लागि आधा दर्जन बिचौलिया परिचालन गरेको बताईन्छ । लेखा शाखामा जाने सेवाग्रहीहरुले बैंकको भाउचरमा ५०÷१०० को नोट बेरेर दिएपछि मात्र नगदी रसिद काटने गरेको बताईन्छ । अधिकृत यादवको अकुत सम्पत्ति हेरेर उनका निकटवर्तीहरु औला टोक्न बाध्य भएका छन् । अधिकृत यादवले कुन सालमा सरकारी सेवामा प्रवेश गरे ? हाल सम्म कति वर्ष भयो ? उनको तलब कति देखि सुरु भएर हाल सम्म कति भएको हो ? यसको लेखाजोखा नियमनकारी निकायले ग¥यो भने उनी कति भ्रष्टाचारी हुन सहजै पत्ता लाग्छ ।
प्रकाशित मिति: २०२३-०६-२५ , समय : ०८:४६:१२ , १ वर्ष अगाडि