सप्तरीको महादेवामा निःशुल्क स्वास्थ्य शिविर

मिति: २०२३-०६-२४ , समय : १९:३०:५० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको महादेवा गाउँपालिकामा शनिवार निःशुल्क एक दिने आयुर्वैद स्वास्थ्य शिविर सम्पन्न भएको छ । महादेवा गाउँपालिकाको आयुर्वैद शाखाको आयोजनामा वडा नम्बर ५ स्थित जनता मा.वि. भगवतपुरमा एक समारोह विच प्रमुख अतिथी गापा अध्यक्ष सुनिलकुमार मण्डलले निःशुल्क एक दिने आयुर्वैद स्वास्थ्य शिविरको शुभारम्भ गर्नुभयो । गापा अध्यक्ष मण्डलले विभिन्न खाले विरामीहरुले आयुर्वैदको माध्यमबाट सेवा पाएर लाभान्वित हुने विश्वास ब्यक्त गर्नु भयो । ५ नम्बर वडाध्यक्ष हरेराम मण्डलको अध्यक्षतामा सो शिवीरमा प्रमुख प्रशासकिय अधिकृत केशवकुमार झा,डा. शिवशंकर यादव,डा. नन्द कुमार कुशवहा,वडाध्यक्ष जागेश्वर ईसर,जितेन्द्रकुमार साह,मल प्रसेला लगायतले आ आफनो शुभकामना मन्तब्य दिएका थिए । सो शिवीरबाट बृद्घ–बृद्घा,महिला,बालबालिका ५ सय भन्दावढीले विभिन्न रोगका उपचार गराउनुका साथै निशुल्क औषधी समेत पाएको आयुर्वैद शाखाका संयोजक जितेन्द्रकुमार साहले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०६-२४ , समय : १९:३०:५० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित