सप्तरीमा खुल्लेअाम मलखाघ दोब्बर मुल्यमा विक्री वितरण हुदै
मिति: २०२३-०६-२४ , समय : ०६:०६:१० , गामघर डेस्क
मिति: २०२३-०६-२४ , समय : ०६:०६:१० , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको राजविराज स्थित कृषिसामग्री कम्पनी लिमिटेडले सहकारीलाई मात्र मलखाद्य विक्रीवितरण गर्दा उपभोक्ता चर्को मुल्यमा खरिद गर्न बाध्य छन । सप्तरीका अधिकाँश सहकारी डिलरहरुले रातारातै आफ्ना आसेपासे र बढी कमिसनमा मल बेच्ने गरेको पाइएको छ। यो सँगै भारतीय मलमा दोब्बर रकमले मल विक्री भइरहेको उपभोक्ता बताउँछन ।
अहिले मलखाद्य भारतबाट ल्याएको युरिया प्रतिबोरा १ हजार पाँच सय र डिएपी ४ हजारमा किसान किन्न बाध्य बनेका छन। यसअघि त्यही मल ८ सय युरिया , २३ सय डिएपी पर्ने गरेको थियो । तर , मल हाहाकार भएकै समयमा कालोबजारी झन बढेको छ । कम्पनीले सहकारी संस्थालाई मात्र मलखाद्य कमिसनमा दिने गरेका छन।
यता कतिपय ठाउँमा सरकारी अनुदानको रासायनिक मलको कालोबजारी समेत बढेको छ।सप्तरीमा सरकारी अनुदानको मल , किसानलाई बिक्री नगरी कृषि सहकारी संस्थाहरुले बढी मुनाफा लिएर व्यापारीलाई बिक्री गरिरहेका छन्।भारत तथा तेश्रो मुलुकबाट नेपाल सरकारले खरिद गरेर ल्याएको रासायनिक मल , कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि सहकारी संस्थामार्फत किसानलाई सरकारी अनुदानमा उपलब्ध गराउदै आएको छ। तर सप्तरीमा सहकारी संस्थाहरुले मलको हाहाकारको मौका छोपेर सरकारी अनुदानको मल , किसानलाई नभइ बढी मुनाफाको लोभमा व्यपारीलाई बिक्री गरिरहेका छन्। सहकारी संस्थाले सरकारले तोकेको दरभन्दा बढी मुल्यमा किसानलाई बेचेर मलको कालाबजारी बढाएको किसानको आरोप छन ।
सरकारले वर्तमानमा कृषक डिएपी (१८÷४६) २हजार २सय ३८ तोकेता पनि केही डिलर संचालक तथा खुद्रापसलेहरुले ४ हजार २ सय भन्दा बढीमा बिक्री गरिरहेका छन। युरिया प्रतिबोरा ७ सय ८८,पोटास प्रतिबोरा १हजार ६सय ५० निर्धारण गरिएता पनि कार्यन्वयनमा आउन सकेका छैन ।सरोकारवाला कार्यालय र डिलर रहेका सहकारी संस्थाहरुको वितरण प्रणाली अनुगमन गर्न र कालाबजारी गर्नेलाई जो सुकैलाई कारवाही हुनु जरुरी छ ।
प्रकाशित मिति: २०२३-०६-२४ , समय : ०६:०६:१० , १ वर्ष अगाडि