बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दिपलाइ विदेश जान अनुमति

मिति: २०२३-०२-२७ , समय : १८:२४:१३ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । सर्वोच्च अदालतले नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई सर्तसहित विदेश जान दिने अनुमति दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज साेमवार सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो ।

उच्च अदालत पाटनले सन्दीपलाई विदेश जान प्रतिबन्ध लगाएको निर्णय सर्वोच्चले बदर गरिदिएको हो । सर्वोच्चको आदेशमा सन्दीपले अब विदेशमा कुनै प्रतियोगिता खेल्न जाँदा प्रतियोगिता सकिएको १५ दिनभित्र नेपाल आई काठमाण्डाै जिल्ला अदालतमा उपस्थित हुन भनिएको छ । उनी यसरी अदालतमा उपस्थित नभएमा विदेश जान दिइएको सुविधा खारेज हुने आदेशमा उल्लेख छ । सन्दीपले २० लाख रुपैयाँ धरौटी राख्नुपर्ने उच्च अदालत पाटनको आदेश भने सर्वोच्चले कायम राखेको छ ।

लामिछानेले यूएईमा आयोजना भइरहेको नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित आईसीसी विश्व कप लिग–२ एकदिवसीय शृङ्खलामा खेल्न जानका लागि गएको बिहीवार सर्वोच्च अदालतमा निवेदन दिएका थिए । यूएईमा आजदेखि आईसीसी विश्व कप लिग–२ शृङ्खला सुरु भएको छ । उज्यालो अनलाइनबाट

प्रकाशित मिति: २०२३-०२-२७ , समय : १८:२४:१३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्