सप्तरीमा पनि नवौँ अन्तराष्ट्रिय योग दिवस भव्यताको साथ मनाईयाे ( तस्बिर सहित )

मिति: २०२३-०६-२१ , समय : १५:५०:०७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । पतंजलि योग समीती मधेश प्रदेशद्धारा सप्तरीको सदरमुकाम राजविराज स्थित राजरंगसालाको प्रागंनमा नवौँ अन्तराष्ट्रिय योग दिवस भव्यताको साथ मनाईएकाे छ ।
पतंजलि योग समीती मधेश प्रदेशको आयोजना तथा प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, पतंजलि योग साधना केन्द्र ,माँ काली योग साधना केन्द्र सप्तरीको संयोजनमा सो नवौँ अन्तराष्ट्रिय योग दिवस भव्यताको साथ मनाईएको हो ।

पतंजलि योग समीती मधेश प्रदेशका संचार प्रभारी किसुनदेब यादवको अध्यक्षतामा तथा अर्थ तथा योजना समीतीका सभापति एवम मन्नीय सतिश कुमार सिहं ज्युको आतिथ्यमा सम्पन्न कार्यक्रममा ब्रम्हा कुमारी राजयोग सेवा केन्द्रका संचालिका भगवती दिदी,दिपक भाइजि, प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालयका प्रमुख शिवशंकर यादब, बुद्धिजीवी सुगमवर यादब लगायतले आड्डआफना विचार व्यतm गरीएको माँ काली योग साधना केन्द्रका संयोजक एवंम महिला समीतीका महामंत्री माल्ति दासले जानकारी दिनुभयो ।
अर्थ तथा योजना समीतीका सभापति एवम मन्नीय सतिश कुमार सिहंले प्रमुख अतिथीको आसनवाट बोल्दै योग सबैका लागी अपरीहार्य रहेकोले सबैको अंगनड्डआंगनमा पुर्याउनु पर्नेमा जोड दिदै सप्तरी जिल्लामा योग भवनको आवस्यक्ता रहेकोले पुुरा गर्नुपर्ने प्रतीवध्ता व्यतm गरेको पतंजलि योग साधना केन्द्रका संयोजक एवम महिला योग समीतीका कोषाध्यक्ष बबिता देबि यादबले जनकारी दिनुभयो ।
पाचँ सय जना भन्दा बढिको सहभागीता रहेको सो कार्यक्रममा राजदेबि योग अभ्यास केन्द्रका व्यतmीहरु, ज्येष्ठ नागरीकका अगुवाहरु, सशस्त्र प्रहरी बलका, बरख गन भलुवाही सप्तरीका प्रमुखहरु लगायते उल्लेखनीय व्यतmीहरुको उपस्थीतीरहेको साधना केन्द्रले जनाएको छ ।
मधेश प्रदेशका संचार प्रभारीको सहजिकरनमा संचालित कार्यक्रममा ग्लोबल ई,वो, स्कुल ,हैपीलेन्ड हायर सेकेन्ड्री स्कुलका अध्यापक तथा बिद्ययाथीहरुको व्यापक उपस्थीती रहेको जानकारी दिनुभयो ।
त्यसैगरी मधेश प्रदेशका आठवटै जिल्लाका जिल्लासमीती, महिला समीती,युवा समीती,नगर समीती बिभीन्न कर्यक्रम गरी नवौँ अन्तराष्ट्रिय योग दिवस भव्यताका साथ मनाईएको जनाएको छ ।

प्रकाशित मिति: २०२३-०६-२१ , समय : १५:५०:०७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित