सप्तरीको बाेदे बर्साईन नगरपालिका वडा नम्बर ४ साक्षर वडा घोषणा

मिति: २०२३-०६-२१ , समय : ०९:३९:३८ , उमेश कुमार साह

तस्बिर : सामाजिक सन्जालबाट

उमेश कुमार साह

राजविराज ।
सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नं.४ लाई साक्षर वडा घोषणा गरिएको छ । एक कार्यक्रमका बिच हििजजाे बोदे बर्साईन नगरपालिका वडा नं.४ सिल्हट/प्रसाहीलाई साक्षर वडा घोषणा गरिएको हो । छिन्नमस्ता बिकास केन्द्र राजबिराजले उक्त वडामा निरक्षर साक्षरता बनाउने कक्षा संचालन गरेको थियो

‘मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने मर्मका साथ मंगलबार वडालाई एक कार्यक्रमको आयोजना गरी साक्षर घोषणा गरिएको हो ।

कार्यक्रममा बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादवले नगरपालिकालाई नै पूर्ण साक्षर गर्न थप सक्रियता र तत्परता दिने बताउनु भयो । ‘शिक्षा क्षेत्र सर्वाङ्गीण विकासको आधार हो, त्यसैले अब साक्षरसँगै यो वडाको समग्र विकासका लागि यो कार्यले टेवा पुर्‍याउने छ, उहाँले भन्नु भयो ‘यो वडालाई थप समुन्नत र समृद्ध बनाउन नगरपालिकाका सधैँ तत्पर रहेन छ ।’ उहाँले शिक्षाका क्षेत्रमा अब पालिकाले नयाँ कार्य योजना र रणनीति तयार पारेर अघि बढ्ने बताउनु भयो ।

बोदे बर्साईन नगरपालिकाका प्रशासकीय अधिकृत घनश्याम यादवले समाजको रूपान्तरण तथा सर्वपक्षीय विकासका लागि सम्पूर्ण वडावासी सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । साक्षर वडा घोषणा भएको खुसी व्यक्त गर्दै यादवले आगामी दिनमा वडालाई पूर्ण साक्षर बनाउन पनि सबैको सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोदे बर्साईन नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख राम सागर यादवले नेपाल सरकारले लिएको साक्षर घोषणा अभियानलाई सफल पार्नका लागि वडाले पनि यो कार्यक्रमलाई निरन्तरता दिएको छ । साक्षर घोषणा गर्नका सरकारले आफ्नो नाम र परिवारका सदस्यको नाम भन्न र लेख्न सक्ने, घडी हेरेर समय बताउन सक्ने, क्याल्कुलेटर चलाएर हिसाब गर्न सक्ने, क्यालेण्डर हेरेर तिथि मिति बताउन सक्ने, १ देखि १ सय सम्मका अंक भन्न र लेख्नसक्ने, मातृभाषा र राष्टभाषा बोल्न र बुझ्न सक्ने लगायतका विभिन्न १२ वटा सुचक मध्ये ६ वटा सुचक पुरा गरेमा साक्षर घोषणा गर्न सकिने व्यवस्था रहेको र ति सुचकहरु पुरा गरेकाले वडा साक्षर घोषणा गरिएको प्रमुख यादवले बताएका छन् कार्यक्रममा वडा अध्यक्ष किरण कुमार साह , वडा सदस्य लगायत स्थानीयको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा बोदे बर्साईन नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख राम सागर यादव, वडा अध्यक्ष किरण कुमार साह , वडा सदस्य लगायत स्थानीयको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०६-२१ , समय : ०९:३९:३८ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित