चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैदको फैसला, ६ अर्ब १६ करोड रुपैयाँका दरले जरिबाना

मिति: २०२३-०६-२० , समय : १८:१७:४३ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । विशेष अदालतले कर फर्स्याेट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आज सजाय जरिबानाको फैसला तोकेको हो । फैसला अनुसार लुम्बध्वज महतलाई ९ वर्ष एक महिना तथा उमेश ढकाल र चुडामणि शर्मालाई ९/९ वर्ष कैद हुने भएको छ ।

यस्तै, उनीहरुले ४ अर्ब १० करोड ४६ लाख ९७ हजार रुपैयाँ जरिबाना तिर्नुपर्नेछ । बिगो र जरिबाना गरेर हरेकले ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्ने विशेष अदालतले जनाएको छ । उज्यालो

प्रकाशित मिति: २०२३-०६-२० , समय : १८:१७:४३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित