खानेपानीमा राजनीति नगर्न कर्मचारीलाई मन्त्री खानको चेतावनी

मिति: २०२३-०२-२७ , समय : १५:२३:५५ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । खानेपानी मन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

साेमवार अाज नेपाल खानेपानी संस्थानको ३४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खानले खानेपानी संस्थानलाई राजनीतिक अखडा बनाए सह्य नहुने चेतावनी दिनुभयो । उहाँले खानेपानी संस्थान सर्वसाधारणलाई स्वच्छ र सफा खानेपानी वितरणका लागि निर्माण भएकाले त्यसलाई राजनीतिक अखडा बनाउन नहुने बताउनुभयो । उहाँले खानेपानी संस्थानमा बसेर पार्टी र व्यक्तिका लागि राजनीति आफ्नो कार्यकालमा नगर्न चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘खानेपानी संस्थानलाई राजनीतिको अखडा नबनाउँ । राजनीति गर्नु नै छ भने फिल्डमा आउनुस्, अरू पार्टीमा स्थान दिएनन् भने म मेरो पार्टीमा राम्रो स्थान दिन्छु । तर खानेपानीमा राजनीति नगर्नुस् । राजनीति गरौँ तर यसमा प्रधानमन्त्रीको अघि धर्ना बसेर, अर्थ मन्त्रालयको अघि बसेर धर्ना दिऔँ म अगाडि हुन्छु तर कर्मचारीलाई उचालेर राजनीति नगरौँ । कर्मचारीलाई मर्कामा राख्ने कुरा हुँदैन, कर्मचारी भनेको सेवक हुन्, उनीहरूले राम्रो ठाउँ पाउनुपर्छ । कर्मचारीले पार्टी र व्यक्तिका लागि आन्दोलन होइन, खानेपानीका लागि आन्दोलन गरौँ ।’

मन्त्री खानले काभ्रेपलाञ्चोकको पनौतीमा रहेकाे खानेपानी संस्थानलाई निजीकरण गर्ने कुरा खानेपानी संस्थानले गरेको भन्दै निजीकरण किन गर्नुपर्ने भन्ने कारणसहित प्रतिवेदन सात दिनभित्रमा पेस गर्न खानेपानी संस्थानलाई निर्देशन पनि दिनुभयो । उहाँले खानेपानी संस्थानलाई निजीकरण गर्ने हो भने खानेपानी संस्थानमा रहेका कर्मचारी र सरकारको आवश्यक के हो भन्दै प्रश्न गर्नुभयो । उज्यालो अनलाइनबाट

प्रकाशित मिति: २०२३-०२-२७ , समय : १५:२३:५५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित