हत्यारालाई कारबाहीको माग गर्दै आरतीकि माइत पक्षद्वारा काठमाडौंमा धर्ना

मिति: २०२३-०६-१८ , समय : ०५:३७:५९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं ।
धनुषामा रहस्यमय मृत्यु भएको आरती साहको न्यायको माग गर्दै माइत पक्षले काठमाडौंको माइती घरमा धर्ना सुरु गरेका छन् । छोरीको हत्यारालाई कडा कारबाहीको माग गर्दै बुबा आमासहित परिवारजन शनिबारदेखि धर्ना सुरु गरेका हुन् ।

गत जेठ ७ गते साँझ जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोक बस्ने मोतीबाबु साहका श्रीमती २४ वर्षीय आरतीको रहस्यमय मृत्यु भएको थियो । झण्डै दुईवर्ष अघि मात्र विहे भएको आरतीको हत्या भएको माइत पक्षले दावी गर्दै आएको छ ।

नगराइन नगरपालिका ८ खिरखिरियाका विनोद साहकी छोरी आरतीको २९ असार २०८७ मा साविक धनुषाका मथलेश्वर बस्ने र हाल जनकपुरधाम उपमहानगरपालिका ९ बस्ने मदनमोहन साहका छोरा मोतीबाबुसित सामजिक परम्परा अनुसार भएको थियो । त्यतिबेला २५ लाख रुपैयाँ खर्च गरी आरतीको विवाह माइत पक्षले गरेका थिए । पछि आएर थप दाइजो माग्ने र त्यसको लागि पटक पटक झैझग्डा तथा कुटपिट जस्ता यातना दिदी आरतीलाई दिँदै आएको र अन्तमा हत्या नै गरेको माइत पक्षको दावी छ ।

धनुषा प्रहरीले हत्यारालाई जोगाउन खोजेको भन्दै माइत पक्ष काठमाडौं पुगेर प्रदर्शन थालेका हुन् । निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग परिवारजनको छ । पीडित परिवारलाई कुटपिट गर्ने धनुषाका एसपी विश्वराज खड्का र डिएसपी वेदप्रसाद गौतलाई निलम्बन गरी कारबाही, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही, हत्याको सिआइबीद्वारा जाँच लगायत ६ सुत्रिय माग परिवारजनले गरेका छन् ।

प्रकाशित मिति: २०२३-०६-१८ , समय : ०५:३७:५९ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित