मधेस प्रदेश : करेन्ट लागेर दुई जनाको मृत्युु

मिति: २०२३-०६-१७ , समय : ११:५५:५६ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर । करेन्ट लागेर मधेस प्रदेशको रौतहटमा दुई जनाको मृत्युु भएको छ । गएराति पानी तान्ने मोटरबाट करेन्ट लाग्दा रौतहटको बौधीमाई–५ कोपवाका २५ वर्षका अरुण साह र २६ वर्षका सितावि पण्डितको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिनुभयो ।

घरको आँगनमा रहेको ट्युबेल धारामा विद्युत् मोटर सञ्चालन गर्ने क्रममा साहलाई करेन्ट लागेको थियो । साहलाई करेन्ट लागेपछि जोगाउन खोज्दा पण्डितलाई पनि करेन्ट लागेको थियो । अचेत अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएका उनीहरुलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति: २०२३-०६-१७ , समय : ११:५५:५६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित